
सत्ता गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ताको औपचारिक निर्णय गरेको हो।
पार्टीका प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिले संसदीय दललाई समर्थन फिर्ता लिने निर्णय गर्न निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार संसदीय दलले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको हो।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको समर्थन फिर्तासँगै सत्तारुढ गठबन्धनमा रहेका दलको संख्या अब ७ बाट घटेर ६ मा झरेको छ।
गत वर्ष असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले नेपाली कांग्रेस, नेकपा एमाले लगायत ७ दलको समर्थनसहित १८८ सांसदको समर्थन पाएका थिए। ओलीले त्यतिबेला प्रतिनिधि सभामा दुई तिहाइ बहुमत रहेको दाबी गर्दै आएका थिए।
तर जसपा नेपालको समर्थन फिर्तापछि राष्ट्रिय सभामा सत्तारुढ पक्ष अल्पमतमा परेको छ। ५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेससँग १६, एमालेसँग ११, र लोसपासँग १ सिट मात्रै छ, जसले गर्दा सत्तारुढ गठबन्धनको संख्या २८ मा सीमित हुन्छ।
उता, विपक्षी गठबन्धनमा माओवादी केन्द्रसँग १७, एकीकृत समाजवादीसँग ८, जसपा नेपालसँग ३, र राष्ट्रिय जनमोर्चासँग १ सिट छ। राष्ट्रपतिबाट मनोनित वामदेव गौतमले पनि एकीकृत समाजवादीमा प्रवेश गर्ने निर्णय गरेका छन्, जसले विपक्षी गठबन्धनलाई बहुमतमा पु¥याएको छ।
जसपाको समर्थन फिर्ताले सरकारको भविष्यबारे नयाँ राजनीतिक तरंग सिर्जना गरेको छ।
World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.