२०८२ श्रावण २३ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेले न्याय किन्दैछन्? २ करोडको बैंक जमानतले नयाँ बहस सुरु | कपिल शर्माको क्याफेमा फेरि गोली प्रहार, लरेन्स बिश्नोई गिरोहले लियो जिम्मेवारी | उत्तरकाशीको बाढीले उडायो रोजगारीको सपना, १३ नेपालीहरू सम्पर्कविहीन | क्यानडा जान लागेका गायक खेम सेन्चुरी विमानस्थलमै बिरामी | माओवादी नेताका छोराछोरी सरकारी स्कुलमै पढ्नुपर्छ: प्रचण्ड | जसलाई नायक बनाउन खोजिएको थियो, उनी आफै भए खलनायक | सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना |

बुधबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.२५ प्रतिशतले अर्थात् ३४.६१ अंकले बढ्दै २७९४.०५ अंकमा पुगेको छ। बैंकहरूले साउन महिनाका लागि ब्याजदर थप घटाएपछि लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह भएको विश्लेषण गरिँदैछ।

बजार परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ। अघिल्लो दिन ९ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको थियो भने बुधबार १४ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको हो।

कुल १९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ कम्पनीको घटेको छ। व्यापार बाहेक सबै समूहका सूचकहरूमा हरियाली देखिएको छ। समूहगत सूचकमा विकास बैंक समूह सबैभन्दा धेरै ३.८६ प्रतिशतले वृद्धि भएको हो। अन्य उल्लेखनीय वृद्धिमा बैंकिङ १.५९%, हाइड्रोपावर १.२८%, माइक्रोफाइनान्स १.८५%, निर्जीवन बीमा १.८५%, उत्पादन तथा प्रशोधन १.३९% लगायत रहेका छन्। व्यापार समूह भने ०.१८ प्रतिशतले घटेको छ।

बुधबार सेयर मूल्यमा उल्लेखनीय वृद्धि भोग्ने कम्पनीहरूमा थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ। यस्तै ग्रिन डेभलपमेन्ट बैंकको ८.४१%, अपर हेवाखोलाको ८.३०%, कर्पोरेट डेभलपमेन्ट बैंकको ८.०३%, फरवार्ड माइक्रोफाइनान्सको ७.८४% र बुटवल पावरको ६.७९% मूल्य वृद्धि भएको हो।

अर्कोतर्फ, मूल्य घट्ने प्रमुख कम्पनीहरूमा माइखोला हाइड्रोपावर (७.८७%), नारायणी डेभलपमेन्ट बैंक (२.९०%) र उन्नति सहकार्य लघुवित्त (२.१४%) रहेका छन्।

कारोबार रकमका आधारमा बुटवल पावर, राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर, लुम्बिनी विकास बैंक र साहस ऊर्जा शीर्ष पाँच स्थानमा परेका छन्।

ब्याजदर घट्दै गएसँगै सेयर बजारमा अझै सुधार आउने अपेक्षा गरिएको छ। लगानीकर्ता पक्षबाट उत्साहजनक सहभागिता देखिएको बुधबारको बजार सुधारले थप संकेत दिएको छ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय