२०८२ श्रावण २३ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेले न्याय किन्दैछन्? २ करोडको बैंक जमानतले नयाँ बहस सुरु | कपिल शर्माको क्याफेमा फेरि गोली प्रहार, लरेन्स बिश्नोई गिरोहले लियो जिम्मेवारी | उत्तरकाशीको बाढीले उडायो रोजगारीको सपना, १३ नेपालीहरू सम्पर्कविहीन | क्यानडा जान लागेका गायक खेम सेन्चुरी विमानस्थलमै बिरामी | माओवादी नेताका छोराछोरी सरकारी स्कुलमै पढ्नुपर्छ: प्रचण्ड | जसलाई नायक बनाउन खोजिएको थियो, उनी आफै भए खलनायक | सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना |

सक्रिय मनसुन र बढ्दो बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बिपी कोइराला राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा रात्रीकालीन सवारी आवागमनमा रोक लगाइएको छ। धुलिखेलस्थित जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि एक महिनासम्म प्रत्येक साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन नपाइने जनाएको छ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार काभ्रेभन्ज्याङदेखि सिन्धुलीको नेपालथोकसम्मको सडक खण्डमा बाढी र पहिरोको उच्च जोखिम रहेकाले उक्त निर्णय गरिएको हो। “विपद् न्यूनिकरणका लागि सावधानी अपनाउँदै रातको समयमा सवारी आवागमन पूर्णरूपमा निषेध गरिएको छ,” उनले बताए।

यसअघि पनि असार ७ गतेदेखि १५ दिन र त्यसपछि असार मसान्तसम्म रातको समयमा राजमार्ग बन्द गरिएको थियो। गत साता मात्रै चार पटक बाढीपहिरोका कारण उक्त सडक अवरुद्ध भएको थियो।

विशेषगरी चौकीडाँडा (काभ्रे) देखि वर्षे खोला (सिन्धुली) सम्मको आठ किलोमिटर सडकखण्ड अत्यन्तै जोखिमपूर्ण मानिएको छ। गत वर्षको असोजमा आएको बाढीले सडक नै बगाएको हुँदा अस्थायी रूपमा एकतर्फी वा दुईतर्फी सवारी सञ्चालन गरिएको थियो।

हाल बाढीपहिरोले राजमार्गको झण्डै ८४ किमी खण्डमा गम्भीर क्षति पुर्‍याएको छ। सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र नेपालथोकदेखि धुलिखेलसम्मको ५० किमी सडक अति प्रभावित क्षेत्र मानिएको छ।

धुलिखेल प्रशासन कार्यालयका अनुसार चार खण्डमा राजमार्गको स्थायी पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ। पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने छोटो दुरीको महत्त्वपूर्ण नाकाका रूपमा रहेको बिपी राजमार्ग हुँदै दैनिक हजारौं सवारी आवतजावत गर्ने गर्दछन्।

प्रशासनले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र रातिको समयमा यात्राबाट जोगिन अनुरोध गरेको छ।

Ask ChatGPT

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय