२०८२ श्रावण २३ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेले न्याय किन्दैछन्? २ करोडको बैंक जमानतले नयाँ बहस सुरु | कपिल शर्माको क्याफेमा फेरि गोली प्रहार, लरेन्स बिश्नोई गिरोहले लियो जिम्मेवारी | उत्तरकाशीको बाढीले उडायो रोजगारीको सपना, १३ नेपालीहरू सम्पर्कविहीन | क्यानडा जान लागेका गायक खेम सेन्चुरी विमानस्थलमै बिरामी | माओवादी नेताका छोराछोरी सरकारी स्कुलमै पढ्नुपर्छ: प्रचण्ड | जसलाई नायक बनाउन खोजिएको थियो, उनी आफै भए खलनायक | सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना |

अलास्कामा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पअमेरिकाको अलास्का राज्यमा बिहीबार एक शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। अमेरिकी भूगर्भ सर्भेका अनुसार स्थानीय समयअनुसार दिउँसो १२:३७ बजे स्यान्ड पोइन्ट नगरबाट करिब ८७ किलोमिटर दक्षिणमा ७.३ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको केन्द्र सतहदेखि २०.१ किलोमिटर गहिराइमा रहेको बताइएको छ। भूकम्पपश्चात् नेशनल सुनामी वार्निङ सेन्टरले अलास्काको दक्षिणी तट र अलास्का पेनिन्सुला क्षेत्रका लागि सुनामीको चेतावनी जारी गरेको थियो। तर, केही समयपछि चेतावनी फिर्ता लिँदै सेन्टरले “अब सुनामीको थप जोखिम नरहेको” स्पष्ट पारेको छ।

हालसम्म स्यान्ड पोइन्ट क्षेत्रमा ६.१ सेन्टिमिटर अग्लो सानो सुनामी मापन गरिएको भए पनि मानवीय क्षति वा ठूला भौतिक क्षतिको रिपोर्ट आएको छैन। स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरे पनि क्षेत्रको जनजीवनमा तत्काल प्रभाव परेको देखिएको छैन।

यसअघि सन् २०२३ को जुलाईमा पनि सोही क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो। अलास्का भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ, जहाँ समय–समयमा शक्तिशाली भूकम्पहरू आइरहन्छन्।

स्मरणीय छ, मार्च १९६४ मा अलास्कामा ९.२ म्याग्निच्युडको भूकम्प गएको थियो, जुन हालसम्म उत्तरी अमेरिकामा मापन गरिएको सबैभन्दा शक्तिशाली भूकम्प हो। उक्त विपत्तिले एंकोरेज शहरमा विनाश ल्याएको थियो भने त्यसपछि आएको विशाल सुनामीले अलास्काको खाडी, अमेरिकाको पश्चिमी तट र हवाई क्षेत्रलाई समेत ठूलो क्षति पुर्‍याएको थियो।

अहिलेको भूकम्पलाई लिएर अधिकारीहरू घटनाको मूल्याङ्कन गरिरहेका छन् र स्थानीय बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरिएको छ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय