२०८२ श्रावण २८ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
त्रिविमा अखिल क्रान्तिकारीको तोडफोड र अवरोध | कांग्रेस सांसद न्यौपानेको चेतावनी: ‘रविले ठगी स्वीकार गरेका छन् संसदमा सुशासनको पाठ नपढाउनू’ | रवि लामिछानेविरुद्ध कांग्रेस-एमालेको आक्रोश | २८ सयभन्दा तल झर्‍यो सेयर बजार, होटल समूहमा वृद्धि | राज्य व्यवस्था समितिको सभापति रामहरि खतिवडाको राजीनामा | ‘कुलिङ अफ पिरियड’ विवादपछि खतिवडाको राजीनामा तयारी | अमेरिका र चीनबीचको व्यापार युद्ध रोकियो, ९० दिनका लागि शान्तिपूर्ण सम्झौता | अस्टिनको टार्गेट स्टोरमा गोलीकाण्ड, ३ जनाको मृत्यु; शंकास्पद व्यक्ति पक्राउ | आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै | देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा धेरै भारी वर्षा हुने |

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०÷८१’ पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यसैगरी, राष्ट्रियसभाको बैठक १ः१५ मा बस्दैछ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सभासमक्ष पेस गर्नुहुने कार्यसूची छ ।

संविधानसभा सदस्य एवं पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालको निधनप्रति दुवै सदनमा श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय