२०८२ श्रावण २५ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
माओवादी–एकीकृत समाजवादी बीच एकता सम्भावना बलियो | महाकाली नदीमा नुहाउन गएका दुई बालिका डुबेर बेपत्ता | गाईजात्रा : राजधानीका टोलटोलमा सांस्कृतिक झाँकी | देउवा ओली प्रचण्डले सन्यास लिए म सबैभन्दा खुसी हुन्छु : गगन थापा | पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी चोरी: अघोरी बाबासँगको साँठगाँठको आशंका | आशिका तामाङको भिडियोले ल्याएको चर्चा, के हो ज्वालामुखीको पुलको वास्तविकता ? | नयाँ शिक्षा विधेयकले पुराना सहमति बिर्सियो : फेरि आन्दोलनको तयारी | कैलाली कारागार झडपपछि गम्भीर घाइतेलाई सेनाको स्काइ ट्रक पठाइयो | पूर्वी नेपालमा बाढी सतर्कता: कोशीको बहाव खतराको सीमा नाघ्यो | ‘भ्वाइस किड्स’ चौंथो सिजनको विजेता सोनाली राजभण्डारी |

नेकपा (एमाले) को सचिवालय बैठकले पार्टी विधान संशोधनको प्रस्ताव पारित गर्दै ७० वर्षको उमेर सीमादुई कार्यकालको सिमिति अवधि हटाउने निर्णय गरेको छ। बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले आगामी भदौ २०–२२ गतेसम्म हुने विधान महाधिवेशनमा उक्त प्रस्ताव पेश गर्ने निर्णय गरेको हो।

पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार विधान संशोधनसँगै केन्द्रीय कमिटीको सदस्य संख्या ३०१ बाट घटाएर २५१ बनाउने र पदाधिकारीको संख्या १९ बाट घटाएर १५ बनाउने प्रस्ताव पनि गरिएको छ। कुन–कुन पद हटाइने भन्ने विषयमा भने अझै खुलाइएको छैन।

blog

ललितपुरको च्यासलमा बिहीबार बसेको नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक । तस्बिर : कविन अधिकारी

बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाबारे छुट्टै बैठकमा छलफल गर्ने तय गरिएको छ। बैठकले वर्तमान सरकारको एक वर्षे कार्यकाललाई सफल र प्रभावकारी ठहर गर्दै सुशासन र सेवा प्रवाहमा अझ सक्रिय भूमिका निर्वाह गर्न सरकारलाई सुझाव दिएको छ।

नयाँ प्रमुख सचेतकमा गोपाल भट्टराई

यसैबीच, नेकपा (एमाले) ले राष्ट्रिय सभाका सदस्य गोपाल भट्टराईलाई प्रमुख सचेतकमा मनोनयन गरेको छ। साउन १ गतेदेखि लागू हुने गरी भट्टराईलाई यो जिम्मेवारी दिइएको हो।
प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीले एमाले संसदीय दलको विधान २०७७ र संघीय संसदसम्बन्धी ऐनअनुसार भट्टराईको मनोनयन गरेका हुन्।

यसअघि प्रमुख सचेतक रहेकी भगवती न्यौपाने मन्त्री नियुक्त भएपछि उक्त पद रिक्त थियो।

विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव ओलीबाट

विधान महाधिवेशनमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, र महासचिव शंकर पोखरेलले सांगठनिक प्रस्ताव पेस गर्ने तयारी छ।

पार्टी सचिव योगेश भट्टराईका अनुसार महाधिवेशनमा विधान संशोधन, संगठनात्मक प्रस्ताव, राजनीतिक प्रतिवेदन र केन्द्रीय निकायहरूको प्रतिवेदनमाथि विशेष छलफल हुनेछ। केन्द्रीय कमिटी निर्माणका लागि प्रतिनिधि चयन प्रक्रिया र पदाधिकारी चयनका मापदण्ड पनि यही महाधिवेशनबाट तय गरिनेछ।

शुक्रबार बस्ने पोलिटब्युरो बैठक र साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा संशोधन प्रस्तावमा विस्तृत छलफल हुनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय