
सप्तकोशी नदीमा पानीको बहाव तीव्र बढेपछि कोशी ब्यारेजका ५६ मध्ये २८ ढोका खोलिएको छ। शनिबार राति ९ बजे गरिएको मापन अनुसार पानीको बहाव प्रतिसेकेण्ड २ लाख ४३० क्यूसेक पुगेको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिए।
ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेण्ड १ लाख ५० हजार क्यूसेक नाघ्दा खतराको संकेतस्वरूप रातो बत्ती बालिन्छ। हाल पूर्वी तटबन्धमा कुनै क्षति नभए पनि लगातार वर्षाका कारण जलसतह बढ्दै गएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।