२०८२ श्रावण २८ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
त्रिविमा अखिल क्रान्तिकारीको तोडफोड र अवरोध | कांग्रेस सांसद न्यौपानेको चेतावनी: ‘रविले ठगी स्वीकार गरेका छन् संसदमा सुशासनको पाठ नपढाउनू’ | रवि लामिछानेविरुद्ध कांग्रेस-एमालेको आक्रोश | २८ सयभन्दा तल झर्‍यो सेयर बजार, होटल समूहमा वृद्धि | राज्य व्यवस्था समितिको सभापति रामहरि खतिवडाको राजीनामा | ‘कुलिङ अफ पिरियड’ विवादपछि खतिवडाको राजीनामा तयारी | अमेरिका र चीनबीचको व्यापार युद्ध रोकियो, ९० दिनका लागि शान्तिपूर्ण सम्झौता | अस्टिनको टार्गेट स्टोरमा गोलीकाण्ड, ३ जनाको मृत्यु; शंकास्पद व्यक्ति पक्राउ | आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै | देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा धेरै भारी वर्षा हुने |

दिवंगत आफन्तको सम्झना र सामाजिक विकृतिविरुद्धको व्यङ्ग्यका रूपमा मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। विशेष गरी काठमाडौं, भक्तपुर, ललितपुरलगायत उपत्यकामा यसको विशेष रौनक देखिएको छ।

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म चल्ने यस पर्वको आज पहिलो दिन हो। एक वर्षभित्र दिवंगत भएका आफन्तका नाममा गाई वा मानिसलाई गाईको रूपमा सिँगारी नगर परिक्रमा गराउने परम्परा छ। श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र नगद दान गर्ने चलन रहेको छ। धार्मिक विश्वासअनुसार, यसरी नगरपरिक्रमा गर्नाले दिवंगत आत्माले गाईको पुच्छर समातेर वैतरणी पार गर्ने बताइन्छ।

यो पर्व राजा प्रताप मल्लको पालादेखि सुरु भएको मानिन्छ। पुत्रशोकमा डुबेकी रानीलाई संसारले पनि शोक भोग्छ भन्ने देखाउन उनले प्रजा–प्रजालाई गाईजात्रा निकाल्ने आदेश दिएका थिए। पछि प्रहसन र व्यङ्ग्यात्मक प्रस्तुति पनि यस पर्वको मुख्य अंश बनेको इतिहास छ।

आजको दिनमा उपत्यकाका विभिन्न ठाउँमा सामाजिक विकृति, विसङ्गति र राजनीतिक विषयलाई व्यङ्ग्य गर्ने नाटक, नाचगान, झाँकी र प्रस्तुतिहरू गरिन्छ। हास्य कलाकारहरूले विशेष प्रस्तुति दिने, पत्रपत्रिकामा व्यङ्ग्यात्मक अंक प्रकाशित गर्ने चलन पनि कायम छ।

बागमती प्रदेश सरकारले गाईजात्राको अवसरमा आज आइतबार सार्वजनिक बिदा दिएको छ। यस अवसरमा सरकारी कार्यालय, विद्यालय, निजी संघसंस्था र स्थानीय निकाय बन्द छन्।

उपत्यकाबाहिर पनि बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, भोजपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा, पोखरा लगायत नेवार समुदायको बसोबास भएको सहरमा गाईजात्रा धुमधामका साथ मनाइँदैछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय