
स्मार्टफोन बजारमा सशक्त उपस्थिति राख्दै आएको सामसङले आफ्नो आगामी फ्ल्यागशीप स्मार्टफोन सिरिज एस२६ मा एकभन्दा बढी आर्टिफिसियल इन्टेलिजेन्स (AI) कम्पनीहरूसँगको सहकार्यमार्फत नयाँ फिचर थप्ने तयारी गरिरहेको छ।
ब्लूमबर्ग न्यूजसँगको अन्तर्वार्तामा सामसङका उच्च अधिकारीले जानकारी गराएअनुसार कम्पनीले सन् २०२६ मा सार्वजनिक गर्न लागिएको एस२६ सिरिजमा गुगलको Gemini AI सहित ओपनएआई, परप्लेक्सिटी जस्ता कम्पनीका एआई समाधान समावेश गर्ने योजनामा काम गरिरहेको छ।
सामसङका अध्यक्ष तथा मोबाइल एक्सपेरियन्स सीओओ चोइ वन-जुनले भने, “हामी उपभोक्तालाई अझ बढी विकल्प दिन चाहन्छौं। त्यसैले विभिन्न एआई प्रदायकहरूसँग छलफल भइरहेको छ।” उनले अबका फ्ल्यागशीप फोनहरू ‘मल्टिपल एआई पार्टनरसिप’ मा आधारित हुने संकेत पनि दिएका छन्।
यो समाचार सामसङले परप्लेक्सिटीसँगको सम्भावित सहकार्यको चर्चा बाहिर आएपछि सार्वजनिक भएको हो। रिपोर्टहरूअनुसार, सामसङले आफ्नो आगामी ग्यालेक्सी S25 मा गुगल जेमिनी हटाएर परप्लेक्सिटीको एआई असिस्टेन्ट प्रयोग गर्ने योजना बनाएको थियो। यद्यपि यो निर्णय अन्तिम नभएको अधिकारीहरूले जनाएका छन्।
प्रतिद्वन्द्वी मोटोरोलाले समेत माइक्रोसफ्ट, गुगल र परप्लेक्सिटीसँग सहकार्य गर्दै आफ्नो Moto AI Suite मा नयाँ फिचरहरू ल्याउने घोषणा गरिसकेको छ। उता ओपनएआईले पनि एप्पलसँगको सहकार्यमार्फत नयाँ आइफोनहरूमा आफ्ना एआई फिचर एकीकृत गरिसकेको छ।
World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.