२०८२ श्रावण २१ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना | यू–२० महिला एशियन कप छनोट: आज भुटानविरुद्ध नेपालको सुरुआती भिडन्त | कुलिङ अफ पिरियड विवादमा गम्भीर मिलेमतोको निष्कर्ष | इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीमा नियुक्त, आठ मन्त्रीसहित सपथग्रहण | रामहरि खतिवडाको बयान: "त्रुटि त भयो, तर मबाट होइन" | ‘कुलिङ अफ पिरियड’ विवादबारे छानबिन विशेष समितिको प्रतिवेदन तयार | दुर्गा प्रसाईँको धरौटीमा रिहाइविरुद्ध सर्वोच्च जाने तयारीमा सरकार |

संघीय निजामती सेवा विधेयक, २०८२ मा उल्लेखित ‘कुलिङ पिरियड’ व्यवस्था विवादित बन्दै गएपछि प्रतिनिधिसभाले ७ सदस्यीय विशेष छानबिन समिति गठन गरेको छ। समितिको संयोजक नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री जीवन परियार चयन भएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले समितिको घोषणा गर्दै छानबिनका लागि २१ दिनको समय तोकिएको जानकारी दिए। संसद्को नियमावली, २०७५ को नियम १८० बमोजिम गठन भएको यो विशेष समिति निजामती सेवासम्बन्धी विधेयकमा देखिएको कथित हेरफेर, त्रुटि वा स्वार्थप्रेरित संशोधनको पृष्ठभूमिमा बनेको हो।

सात सदस्यीय समितिमा विभिन्न दलबाट प्रतिनिधित्व गरिएको छ। नेपाली कांग्रेसबाट संयोजक जीवन परियारसँगै सांसद सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की समितिमा छन्। शनिबार सभामुखले प्रमुख दलका प्रमुख सचेतकहरूसँग परामर्श गरेर विशेष समिति गठन गर्ने सहमति जुटाएका थिए।

‘कुलिङ पिरियड’ भनिने प्रावधानले कुनै कर्मचारीले एउटा संवैधानिक वा अन्य जिम्मेवारीबाट अवकाश प्राप्त गरेपछि पुनः निजामती सेवामा फर्किन न्यूनतम अवधि कुर्नुपर्ने व्यवस्था गर्दछ। सो व्यवस्थामा प्रक्रिया र मस्यौदामा देखिएको कथित परिवर्तनले विवाद निम्त्याएपछि यसको निष्पक्ष छानबिनको माग बढेको थियो। समितिबाट निष्कर्ष आउनु प्रतिनिधिसभामा उक्त विधेयकको आगामी प्रक्रिया अघि बढाउन निर्णायक बन्ने अनुमान गरिएको छ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय