२०८२ श्रावण २० | [email protected] | Nepali Unicode|Preeti to Unicode

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’सम्बन्धी त्रुटि भएको स्वीकार गर्दै त्यसमा आफ्नो भूमिका नभएको स्पष्ट पारेका छन्।

संसदको विशेष छानबिन समितिमा बयान दिंदै खतिवडाले विधेयकमा गरिएको विवादास्पद परिमार्जनको जिम्मेवारी आफूले नलिने बताएका हुन्। उनले कुलिङ अफ पिरियड राख्ने पक्षमा आफू सुरुदेखि नै अडिग रहेको र भविष्यमा पनि त्यसकै पक्षमा रहने बताए।

उनका अनुसार, विशिष्ट र प्रथम श्रेणीका कर्मचारीहरूले समितिमा उपस्थित भई कुलिङ अफ पिरियड हटाउन आग्रह गरेका थिए। तर, जेठ २ गतेको समितिको बैठकमा ‘राजीनामा’ शब्द थप गर्दै कुलिङ अफ पिरियडसहितको व्यवस्था पारित गरिएको हो।

खतिवडाले भने, “म कुलिङ अफ पिरियड राख्ने पक्षमा सुरुदेखि आजसम्म छु, भोलि पनि राष्ट्रिय सभाले यो प्रावधान ल्याओस् भन्ने पक्षमा छु।”

उनले थपे, “त्रुटि नभएको भन्न सकिँदैन, तर त्यो मबाट भएको होइन। मस्यौदामा कुलिङ अफ पिरियड राखिएको थियो, त्यसपछि पर्न सक्ने प्रभावको मूल्याङ्कन सम्बन्धित मन्त्रालयले गर्नुपर्ने हो।”

खतिवडाका अनुसार, विधेयक निर्माण प्रक्रियामा जेठ ६ गते अनौपचारिक बैठकमा विभिन्न मन्त्रीहरूबीच छलफल भएको थियो। त्यही दिन हस्ताक्षर रोकिएको थियो भने पछि समितिबाट १ वर्षको सट्टा २ वर्षको कुलिङ अफ पिरियड राखिएको प्रतिवेदन पारित गरिएको थियो।

उनले समितिमा भएको दफावार छलफल, उपसमितिको जिम्मेवारी, र कानुनी मूल्यांकनमा देखिएको कमजोरीप्रति संकेत गर्दै समग्र प्रक्रिया सुधार आवश्यक रहेको धारणा राखे।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय