२०८२ श्रावण २१ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना | यू–२० महिला एशियन कप छनोट: आज भुटानविरुद्ध नेपालको सुरुआती भिडन्त | कुलिङ अफ पिरियड विवादमा गम्भीर मिलेमतोको निष्कर्ष | इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीमा नियुक्त, आठ मन्त्रीसहित सपथग्रहण | रामहरि खतिवडाको बयान: "त्रुटि त भयो, तर मबाट होइन" | ‘कुलिङ अफ पिरियड’ विवादबारे छानबिन विशेष समितिको प्रतिवेदन तयार | दुर्गा प्रसाईँको धरौटीमा रिहाइविरुद्ध सर्वोच्च जाने तयारीमा सरकार |

प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतिक्षित भारत भ्रमणका लागि नेपाल सरकारले उच्चस्तरीय तयारी गरिरहेको छ। तर, भारतीय पक्षले भने भ्रमणप्रति खासै रुचि देखाएको छैन। भारत सरकारले अहिलेसम्म औपचारिक निमन्त्रणा नै पठाएको छैन।

अनौपचारिक रूपमा भदौ ३१ र असोज १ गते भ्रमणको प्रस्ताव गरिएको भए पनि भारतीय प्रधानमन्त्रीको कार्यालय र सल्लाहकार समूहले तत्काल ओलीलाई स्वागत गर्न नहुने सुझाव दिएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीको अघिल्ला अभिव्यक्तिहरूले भारतीय पक्षलाई असन्तुष्ट बनाएको कारण उनको भ्रमणमा ढिलाइ भएको हो। ओली प्रधानमन्त्री बनेको लामो समय भइसक्दा पनि भारत भ्रमण हुन सकेको छैन।

यसैबीच, भारतीय राजदूत नवीन श्रीवास्तव र ‘रअ’ का स्टेसन प्रमुख अंशु शर्माले हालै दिल्लीमा सरकारी प्रतिनिधिहरूसँग भेटवार्ता गरेर फर्किएका छन्। त्यसैगरी भारतले नेपालस्थित आफ्नो उप-राजदूत (डीसीएम) पनि फेरिसकेको छ। यी घटनाक्रमले ओलीको भारत भ्रमण थप पछि धकेलिन सक्ने सङ्केत देखिएको छ।

यता नेपाल सरकारले भने भ्रमणको तयारी तीव्र पारेको छ। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमण टोलीको खाका तयार गरिसकेको छ। २५ सदस्यीय टोलीमा प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य, मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा, सचिवालयका रमेश बज्राचार्य, सुरक्षा टोली, निजी चिकित्सक, परराष्ट्रमन्त्री, उद्योगमन्त्री, ऊर्जामन्त्री, भौतिक पूर्वाधारमन्त्री, मुख्यसचिव, परराष्ट्र सचिव, गृह सचिव, एशिया हेर्ने सहसचिव, प्रोटोकल प्रमुख, विभिन्न दलका एक/एक जना सांसद (कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, जनमत, लोसपा), उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघका अध्यक्ष सम्मलाई समेट्ने तयारी गरिएको छ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय