२०८२ श्रावण २१ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना | यू–२० महिला एशियन कप छनोट: आज भुटानविरुद्ध नेपालको सुरुआती भिडन्त | कुलिङ अफ पिरियड विवादमा गम्भीर मिलेमतोको निष्कर्ष | इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीमा नियुक्त, आठ मन्त्रीसहित सपथग्रहण | रामहरि खतिवडाको बयान: "त्रुटि त भयो, तर मबाट होइन" | ‘कुलिङ अफ पिरियड’ विवादबारे छानबिन विशेष समितिको प्रतिवेदन तयार | दुर्गा प्रसाईँको धरौटीमा रिहाइविरुद्ध सर्वोच्च जाने तयारीमा सरकार |

देशभर सक्रिय मनसुनको प्रभावका कारण कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लगातारको वर्षाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्न सक्ने भन्दै महाशाखाले सतर्क रहन सबैलाई आग्रह गरेको छ।

महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपाल तराईको उत्तरतर्फ सरदर स्थानमा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था देखिएको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा अधिकांश स्थानमा बदली भएको छ भने अन्य क्षेत्रहरूमा सामान्य बदली रहँदै आएको छ।

आज दिउँसो र रातिको पूर्वानुमान

बुधबार दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा अधिकांश स्थानमा बदली रहनेछ। यिनै क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ भने कोशी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने चेतावनी दिइएको छ।

रातिको समयमा पनि देशभर सामान्य बदली रहनेछ। कोशी र मधेसका केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

जोखिम बढेको क्षेत्र र महाशाखाको आग्रह

विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागहरूमा जलस्रोत, पहिरो, बाढी र सडक अवरोधको सम्भावना रहेकाले स्थानिय प्रशासन, यात्रु र नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन भनिएको छ।

यसैबीच, महाशाखाले स्वास्थ्यसम्बन्धी सावधानी, सडक तथा हवाई यातायात योजनामा सचेतता र उपयुक्त सुरक्षा पूर्वतयारी गर्न समेत सुझाव दिएको छ।

मनसुन अझै केही दिन सक्रिय रहने सम्भावना रहेकाले नागरिकहरूलाई मौसमसम्बन्धी जानकारी नियमितरूपमा हेर्न र जोखिमयुक्त गतिविधिबाट टाढा रहन अनुरोध गरिएको छ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय