२०८२ श्रावण २८ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
चन्दा अस्वीकार गर्दा नेकपा (बहुमत) को कार्यकर्ताबाट सरकारी कार्यालय प्रमुखमाथि आक्रमण र धम्की | त्रिविमा अखिल क्रान्तिकारीको तोडफोड र अवरोध | कांग्रेस सांसद न्यौपानेको चेतावनी: ‘रविले ठगी स्वीकार गरेका छन् संसदमा सुशासनको पाठ नपढाउनू’ | रवि लामिछानेविरुद्ध कांग्रेस-एमालेको आक्रोश | २८ सयभन्दा तल झर्‍यो सेयर बजार, होटल समूहमा वृद्धि | राज्य व्यवस्था समितिको सभापति रामहरि खतिवडाको राजीनामा | ‘कुलिङ अफ पिरियड’ विवादपछि खतिवडाको राजीनामा तयारी | अमेरिका र चीनबीचको व्यापार युद्ध रोकियो, ९० दिनका लागि शान्तिपूर्ण सम्झौता | अस्टिनको टार्गेट स्टोरमा गोलीकाण्ड, ३ जनाको मृत्यु; शंकास्पद व्यक्ति पक्राउ | आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै |

चन्दा दिन अस्वीकार गरेपछि एक सरकारी कार्यालयका प्रमुखमाथि आक्रमण, धम्की र सामाजिक सञ्जालमार्फत बदनाम गर्ने अभियान चलाइएको छ। पीडितका अनुसार, आफू सरकारी सेवामा रहँदा कहिल्यै सेवाग्राहीलाई अनावश्यक दुःख नदिएको र अनैतिक कार्यमा संलग्न नभएको भए पनि अहिले ‘भ्रष्टाचारविरोधी अभियान’को नाममा दबाब र धम्कीको शिकार बन्नुपरेको छ।

पीडित कार्यालय प्रमुखका भनाइअनुसार, एक महिना अघि आफूलाई नेकपा (बहुमत) को कार्यकर्ता भनेर परिचय दिने समूह कार्यालयमै आएर देशव्यापी भ्रष्टाचार निर्मूल अभियान सञ्चालन गरिरहेको भन्दै आर्थिक सहयोग मागेको थियो। उनीहरूले सम्पूर्ण कर्मचारीबाट रकम संकलन गरेर बुझाउन आग्रह गरे पनि पीडितले ‘स्वेच्छिक रूपमा जे जति सकिन्छ’ भन्ने अडान लिएका थिए।

तर, सो समूहले केही दिनमै फोनमार्फत पाँच–छ लाख रुपैयाँ सहयोग गर्नुपर्ने, नत्र पार्टीबाट कारबाही गर्ने धम्की दिन थालेको पीडितले बताएका छन्। सोमबार, सोही समूहका केही सदस्य सेवाग्राहीको हुलिया बनाई कार्यालयमा आएर सांकेतिक आक्रमण, कुटपिट र मोबिल छ्यापेर फरार भएको आरोप छ।

पीडितका अनुसार, त्यसपछि सामाजिक सञ्जाल र केही अनलाइन मिडियामा आफ्नो वर्ष दिन पुरानो फोटो फोटोसप गरेर बदनाम गर्ने अभियान चलाइएको छ। “भ्रष्टलाई चन्दा नदिनु नै मेरो गल्ती हो त?” पीडितले आक्रोश व्यक्त गरे।

उनले  आम नागरिक तथा सहकर्मीहरूबाट सहयोगको अपेक्षा राखेको बताएका छन्। “गल्ती नगर्दा पनि यति ठूलो बेइज्जत खेप्नुपर्दा मानसिक रूपमा बिक्षिप्त भएको छु,” उनले भने।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय