२०८२ श्रावण २१ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना | यू–२० महिला एशियन कप छनोट: आज भुटानविरुद्ध नेपालको सुरुआती भिडन्त | कुलिङ अफ पिरियड विवादमा गम्भीर मिलेमतोको निष्कर्ष | इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीमा नियुक्त, आठ मन्त्रीसहित सपथग्रहण | रामहरि खतिवडाको बयान: "त्रुटि त भयो, तर मबाट होइन" | ‘कुलिङ अफ पिरियड’ विवादबारे छानबिन विशेष समितिको प्रतिवेदन तयार | दुर्गा प्रसाईँको धरौटीमा रिहाइविरुद्ध सर्वोच्च जाने तयारीमा सरकार |

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीभित्रको अनुशासनहीनता, गुटबन्दी र नेतृत्वको गैरजिम्मेवारीपनप्रति कडा असन्तोष जनाउँदै आफू आमरण अनशन बस्नेसम्मको चेतावनी दिएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै नेता केसीले अहिले जनतामाझ पुराना राजनीतिक दलप्रति भरोसा हराउँदै गएको र नेपाली कांग्रेसले पनि सुधार नगरे गम्भीर संकट आउन सक्ने चेतावनी दिए।

“विगत केही वर्षदेखि राजनीतिक दलप्रति जनताको विश्वास कमजोर हुँदै गएको छ। पुराना पार्टीहरूले काम गर्दैनन् भन्ने सन्देश जनतामाझ फैलिसकेको छ,” उनले भने, “अब पनि गम्भीर भएर नसोच्ने हो भने परिस्थिति भयावह हुन सक्छ।”

उनले पार्टीभित्र बढ्दो गुटउपगुटको आलोचना गर्दै भने, “पार्टी व्यक्ति प्रधान होइन, संस्था प्रधान हुनुपर्छ। अहिले भने व्यक्तिको वरिपरि राजनीति घुमिरहेको छ। कसैलाई पेल्ने र कसैलाई बचाउने प्रवृत्तिले पार्टीलाई गलाइरहेको छ।”

केसीले पार्टीको अनुशासन समितिको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाउँदै निष्पक्षता र पारदर्शिताको माग गरे। उनले भने, “अनुशासन समितिले संविधानभन्दा माथि भएर काम गर्न मिल्दैन। यदि यसरी नै एक पक्षले अर्को पक्षलाई मनपरी ढंगले दबाउन खोज्यो भने, मैले आफैँ आमरण अनशन बस्नुपर्ने हुन्छ। यसको सम्पूर्ण जिम्मेवारी सभापतिले लिनुपर्छ।”

उनले नेपाली कांग्रेसको आगामी महाधिवेशन समयमै सम्पन्न गर्नुपर्ने माग गर्दै २०८२ मै महाधिवेशन हुनुपर्ने धारणा राखे। “अब मिति तय नगरी बस्ने अवस्था छैन। समय थप्ने हो भने थपेर पनि २०८२ मै महाधिवेशन गर्ने निर्णय गर्नुपर्छ,” उनले स्पष्ट पारे।

नेता केसीको यस कडा धारणा र अनशनको चेतावनीले नेपाली कांग्रेसको आन्तरिक राजनीति फेरि तातिएको छ। उनका अभिव्यक्तिले पार्टीभित्रको असन्तोष सतहमा आएको संकेत गर्छ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय