२०८२ श्रावण २१ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना | यू–२० महिला एशियन कप छनोट: आज भुटानविरुद्ध नेपालको सुरुआती भिडन्त | कुलिङ अफ पिरियड विवादमा गम्भीर मिलेमतोको निष्कर्ष | इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीमा नियुक्त, आठ मन्त्रीसहित सपथग्रहण | रामहरि खतिवडाको बयान: "त्रुटि त भयो, तर मबाट होइन" | ‘कुलिङ अफ पिरियड’ विवादबारे छानबिन विशेष समितिको प्रतिवेदन तयार | दुर्गा प्रसाईँको धरौटीमा रिहाइविरुद्ध सर्वोच्च जाने तयारीमा सरकार |

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र बनाएका छन्। सत्ता गठबन्धनका प्रमुख दलहरूसँग पछिल्ला दिनमा गरिएको छलफलपछि मन्त्री फेर्ने कार्य अगाडि बढाउन लागिएको हो। पुनर्गठनपछि परराष्ट्रमन्त्री आरजु राणा देउवा उपप्रधानमन्त्रीमा बढुवा हुने लगभग निश्चितजस्तै भएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष अशोक राई र लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग मन्त्रिपरिषद् पुनर्संरचनाबारे मोटामोटी सहमति जुटाइसकेका छन्। सत्ता साझेदारहरूसँग भएको अघिल्लो वर्षको सहमतिअनुसार मन्त्रीहरू फेरबदल गरिन लागिएको बताइएको छ। स्रोतका अनुसार आरजु राणा देउवा परराष्ट्र मन्त्रालयको जिम्मेवारी कायमै राख्दै उपप्रधानमन्त्रीमा बढुवा गरिने सम्भावना रहेको छ । यस्तै नेपाली कांग्रेसबाट गृहमन्त्रीको दौडमा किशोरसिंह राठोर, ज्ञानेन्द्रबहादुर कार्की र डा। प्रकाशशरण महत रहेका छन् ।

ज्ञानेन्द्र कार्कीले गृहमन्त्रीको जिम्मेवारी नपाए वैकल्पिक रूपमा सहरी विकासमन्त्री बन्ने सम्भावना रहेको छ । वीरबहादुर बलायरलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने तयारी। गगन थापा र शेखर कोइरालाको सिफारिसमा कांग्रेसका बाँकी मन्त्रालयमा उनीहरूले सिफारिस गरेका अनुहारहरूलाई अवसर हुनेछ । राज्यमन्त्रीहरूमध्येः रुपा विक (वन) र खमबहादुर गर्बुजा (ऊर्जा) लाई मन्त्रीमा बढुवा गर्ने तयारी।

जसपाबाट महिला तथा बालबालिका मन्त्री नवलकिशोर साह र खानेपानी मन्त्री प्रदीप यादवलाई फिर्ता बोलाएर डा. वीरेन्द्र महतो र रञ्जु झा लाई अगाडि सार्ने तयारी रहेको जनाइएको छ । यस्तै लोसपाबाट श्रममन्त्री शरत सिंह भण्डारीलाई हटाएर सर्वेन्द्रनाथ शुक्ला लाई पठाउने सम्भावना।

प्रधानमन्त्री ओलीले एमालेभित्रको गुटबन्दी सम्हाल्न युवा अनुहारहरूलाई मन्त्री बनाउने तयारी गरेका छन्। यसमार्फत उनले पार्टीभित्र आफ्नो पकड बलियो बनाउने संकेत देखिएको छ। आरजु राणा देउवाको युरोप भ्रमणबाट फर्किएलगत्तै मन्त्री फेरबदलको प्रक्रिया औपचारिक रूपमा सुरु हुने जनाइएको छ ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय