२०८२ श्रावण २१ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना | यू–२० महिला एशियन कप छनोट: आज भुटानविरुद्ध नेपालको सुरुआती भिडन्त | कुलिङ अफ पिरियड विवादमा गम्भीर मिलेमतोको निष्कर्ष | इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीमा नियुक्त, आठ मन्त्रीसहित सपथग्रहण | रामहरि खतिवडाको बयान: "त्रुटि त भयो, तर मबाट होइन" | ‘कुलिङ अफ पिरियड’ विवादबारे छानबिन विशेष समितिको प्रतिवेदन तयार | दुर्गा प्रसाईँको धरौटीमा रिहाइविरुद्ध सर्वोच्च जाने तयारीमा सरकार |

ल–चीन सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले भोटेकोशी नदीमा बहाव अत्यधिक बढेको छ। बाढीका कारण रसुवाको टिमुरे क्षेत्रसहित विभिन्न स्थानमा ठूलो क्षति पुगेको छ।

सशस्त्र प्रहरी बलको टोलीले दिएको जानकारीअनुसार गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेस्थित इभी चार्जिङ स्टेशनमा बाढीले क्षति पुर्‍याएको छ। करिब ७ देखि ८ वटा विद्युतीय सवारीसाधन (इभी) बगाएको प्रारम्भिक जानकारी छ। साथै, रसुवा भन्सार कार्यालयको यार्डमा राखिएका करिब ८–९ वटा कन्टेनर डिब्बा समेत बाढीले बगाएको जनाइएको छ।

रसुवागढी हाइड्रोपावरको ड्याममा पनि बाढीले क्षति पुर्‍याएको पुष्टि भएको छ।

बिहान ५ बजे गुल्म रसुवा कार्यालयबाट सहायक प्रहरी निरीक्षक रवीन्द्र दाहालको नेतृत्वमा २१ जनाको टोली घटनास्थलमा खटिएको छ। उक्त टोलीमा ७ जना विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षाकर्मीहरू छन्, जसले उद्धार कार्यमा खटिएका छन्।

भोटेकोशी नदीमा बाढीको बहाव अझै बढ्दो क्रममा रहेको जनाइएको छ। बाढीले तातोपानीस्थित पासाङल्हामु राजमार्ग अन्तर्गत स्याफ्रुबेशी–रसुवागढी सडकखण्ड पूर्णरूपमा कटान गरी सडक अवरुद्ध पारेको छ।

भन्सार यार्डमा ९ जना स्थानीय बासिन्दा, १ जना नेपाल प्रहरी र बिओपी टिमुरेमा कार्यरत सशस्त्र प्रहरी जवान प्रदीप वाग्ले बाढीको बीचमा फसेका छन्। उनीहरूको उद्धार कार्य जारी छ।

स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिहरूको समन्वयमा जोखिम न्यूनीकरण र उद्धारका प्रयास तीव्र पारिएको छ।

विवरण आउन बाँकी छ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय