२०८२ श्रावण २२ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना | यू–२० महिला एशियन कप छनोट: आज भुटानविरुद्ध नेपालको सुरुआती भिडन्त | कुलिङ अफ पिरियड विवादमा गम्भीर मिलेमतोको निष्कर्ष | इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीमा नियुक्त, आठ मन्त्रीसहित सपथग्रहण | रामहरि खतिवडाको बयान: "त्रुटि त भयो, तर मबाट होइन" | ‘कुलिङ अफ पिरियड’ विवादबारे छानबिन विशेष समितिको प्रतिवेदन तयार | दुर्गा प्रसाईँको धरौटीमा रिहाइविरुद्ध सर्वोच्च जाने तयारीमा सरकार |

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा महत्वपूर्ण छलफल भएको छ।

बालुवाटारमा करिब एक घण्टा चलेको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, देशभर भइरहेका बाढी, पहिरो र डुबानबाट भएको क्षति तथा उद्धार प्रयासबारे विस्तृत छलफल गरिएको स्रोतले जनाएको छ।

छलफलमा गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार तथा एमाले उपमहासचिव विष्णु रिमालको उपस्थिति रहेको थियो।

कांग्रेसको बैठक सकिएलगत्तै सभापति देउवा प्रधानमन्त्री ओलीसँग छलफलका लागि बालुवाटार गएका थिए।

बैठकमा आगामी राजनीतिक सहकार्य, राष्ट्रिय आपतकालीन व्यवस्थापन तथा संवैधानिक विषयहरूसमेत जोडिएर छलफल भएको बताइएको छ। उच्च तहका नेताबीचको यो छलफललाई पछिल्ला राजनीतिक घटनाक्रम र विपद् व्यवस्थापन सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय