२०८२ श्रावण २२ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना | यू–२० महिला एशियन कप छनोट: आज भुटानविरुद्ध नेपालको सुरुआती भिडन्त | कुलिङ अफ पिरियड विवादमा गम्भीर मिलेमतोको निष्कर्ष | इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीमा नियुक्त, आठ मन्त्रीसहित सपथग्रहण | रामहरि खतिवडाको बयान: "त्रुटि त भयो, तर मबाट होइन" | ‘कुलिङ अफ पिरियड’ विवादबारे छानबिन विशेष समितिको प्रतिवेदन तयार | दुर्गा प्रसाईँको धरौटीमा रिहाइविरुद्ध सर्वोच्च जाने तयारीमा सरकार |

उपल्लो मुस्ताङमा मङ्गलबार साँझ आएको भीषण लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार, नेपाल–चीन सीमावर्ती क्षेत्र लोमान्थाङ गाउँपालिका–४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा लामो बाढी आएको थियो।

बाढीका कारण लोमान्थाङ–४ को चुम्जुङ खोलामा रहेको एक पक्की मोटरेबल पुल र लोमान्थाङ–२ साम्जुङस्थित निर्माणाधीन अर्को एक पक्की पुलमा क्षति पुगेको छ। त्यस्तै, फलामे पुल एक थान र तीन वटा काठेपुल समेत बगाएर बाढीले पूर्णरूपमा नष्ट पारेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार, खोलाको बीचमा सञ्चालनमा रहेको एक होटल र न्याम्डो गाउँका दुई घरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ। हालसम्म मानवीय वा पशु चौपायामा कुनै क्षति नभएको जानकारी दिइएको छ।

हाल बाढीको बहाव केही कम भएको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। इलाका प्रहरी कार्यालय छोसेरबाट प्रहरी सहायक निरीक्षकको टोली र सशस्त्र प्रहरी बल बीओपी नेचुङबाट नौ सदस्यीय टोली खटाइएको छ।

स्थानीयलाई सम्भावित खतराबारे सतर्क गराइएको छ। जिल्ला प्रहरी कार्यालयले अझै पूर्ण रुपमा जोखिम नटरेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय