२०८२ श्रावण २२ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना | यू–२० महिला एशियन कप छनोट: आज भुटानविरुद्ध नेपालको सुरुआती भिडन्त | कुलिङ अफ पिरियड विवादमा गम्भीर मिलेमतोको निष्कर्ष | इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीमा नियुक्त, आठ मन्त्रीसहित सपथग्रहण | रामहरि खतिवडाको बयान: "त्रुटि त भयो, तर मबाट होइन" | ‘कुलिङ अफ पिरियड’ विवादबारे छानबिन विशेष समितिको प्रतिवेदन तयार | दुर्गा प्रसाईँको धरौटीमा रिहाइविरुद्ध सर्वोच्च जाने तयारीमा सरकार |

पार्टी अनुशासन विपरीत गतिविधिका कारण साधारण सदस्यता पनि गुम्यो

नेपाली कांग्रेसले पूर्वमन्त्री कुमार खड्कालाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गरेको छ।

२०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनलाई कारबाही गरिएको हो। गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री तथा सांसद विन्दुकुमार थापाको उजुरीका आधारमा खड्काविरुद्ध अनुशासन प्रक्रिया अघि बढाइएको थियो।

पार्टीको केन्द्रीय अनुशासन आयोगले खड्कासँग स्पष्टीकरण मागेको थियो तर उनले चित्तबुझ्दो जवाफ नदिएको आयोगको ठहर छ। त्यसैले उनलाई कांग्रेसको साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरिएको पार्टीले जनाएको छ।

खड्का विगतमा कांग्रेसको तर्फबाट मन्त्रीसमेत भएका थिए। तर पछिल्लो समय उनले पार्टी निर्णयविपरीत गतिविधि गरेको र संगठनविरुद्ध काम गरेको भन्दै उनीमाथि अनुशासनात्मक कारबाही गरिएको हो।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय