२०८२ श्रावण २२ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना | यू–२० महिला एशियन कप छनोट: आज भुटानविरुद्ध नेपालको सुरुआती भिडन्त | कुलिङ अफ पिरियड विवादमा गम्भीर मिलेमतोको निष्कर्ष | इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीमा नियुक्त, आठ मन्त्रीसहित सपथग्रहण | रामहरि खतिवडाको बयान: "त्रुटि त भयो, तर मबाट होइन" | ‘कुलिङ अफ पिरियड’ विवादबारे छानबिन विशेष समितिको प्रतिवेदन तयार | दुर्गा प्रसाईँको धरौटीमा रिहाइविरुद्ध सर्वोच्च जाने तयारीमा सरकार |

थबाङ गाउँपालिकाबाट केही दिनअघि कार्यसहित बाहिर गएका र त्यसयता सम्पर्कविहीन रहेका सात जना कर्मचारीहरू अन्ततः सकुशल सम्पर्कमा आएका छन्। उनीहरू रुकुम पूर्वतर्फ गएको समयमा टेलिकम नेटवर्क नहुँदा परिवार र कार्यालयसँग सम्पर्क हुन सकेको थिएन।

रोल्पाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले हिजो राति १० बजे प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगरसँग फोनमा कुराकानी भएको जानकारी दिनुभयो। “उहाँहरूले हामी सबै सकुशल छौँ, लिवाङ फर्किंदैछौँ भन्नुभयो,” दाहालले बताउनुभयो। उहाँले आज बिहान पुनः फोन सम्पर्क भएको जानकारी पनि दिनुभयो।

सम्पर्कमा आएका सातै जना कर्मचारीहरूमा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगर, सहायक प्रशासन पाँचौँ तहका हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कँडेल, सब–इन्जिनियर चन्द्रप्रकाश ओली, कर्मचारी निशा आचार्य, खाद्य प्रविधि सहायक शिवकुमार वली र सवारी चालक प्रदीप केसी रहेका छन्।

थबाङ गाउँपालिकाले बुधबार विज्ञप्ति निकालेर कर्मचारीहरू सम्पर्कविहीन भएको सार्वजनिक गरेको थियो। अहिले उनीहरू सम्पर्कमा आएका र कार्यालय फर्किँदै गरेको गाउँपालिकाले पुष्टि गरेको छ।

सम्पर्कविहीन भएको खबरले स्थानीय तथा कर्मचारीका परिवारमा चिन्ता बढाएको थियो। टेलिकम सेवा नपुगेका दुर्गम क्षेत्रको समस्या फेरि एकपटक सतहमा आएको स्थानीयले बताएका छन्।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय