२०८२ श्रावण २२ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना | यू–२० महिला एशियन कप छनोट: आज भुटानविरुद्ध नेपालको सुरुआती भिडन्त | कुलिङ अफ पिरियड विवादमा गम्भीर मिलेमतोको निष्कर्ष | इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीमा नियुक्त, आठ मन्त्रीसहित सपथग्रहण | रामहरि खतिवडाको बयान: "त्रुटि त भयो, तर मबाट होइन" | ‘कुलिङ अफ पिरियड’ विवादबारे छानबिन विशेष समितिको प्रतिवेदन तयार | दुर्गा प्रसाईँको धरौटीमा रिहाइविरुद्ध सर्वोच्च जाने तयारीमा सरकार |

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधर नेताहरूले पार्टी अनुशासन आयोगको कारबाहीलाई एकपक्षीय र विधान विपरीत भएको आरोप लगाउँदै पार्टी सभापति शेरबहादुर देउवासमक्ष पुनर्विचारको आग्रह गर्ने निर्णय गरेका छन्।

डा. कोइरालाको सम्पर्क कार्यालयमा आज बिहान बसेको बैठकले कारबाहीको प्रक्रिया स्थगित गर्न माग गर्दै सभापति देउवालाई औपचारिक अनुरोध गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी सांसद राजेन्द्र बजगाईँका अनुसार, कारबाही प्रक्रिया न त पारदर्शी थियो, न त पार्टीको विधानअनुसार।

बैठकमा उपसभापति धनराज गुरुङले पार्टीभित्र कसैलाई काखापाखा नगरी एकता कायम राखेर अघि बढ्ने प्रयास भइरहेका बेला अनुशासन आयोगले अचानक कारबाहीको नाममा सूचनामार्फत नाम सार्वजनिक गरेकोमा गहिरो दुःख व्यक्त गरे।

बैठकमा नेता कोइरालासँगै उपसभापति गुरुङ, सहमहामन्त्री जीवन परियार, नेता अर्जुन नरसिंह केसी, बलबहादुर केसी, डा. मीनेन्द्र रिजाल, अनुशासन समिति सदस्य सञ्जय गौतमलगायत नेताहरूको उपस्थिति थियो।

शेखर पक्षले अनुशासन आयोगको निर्णयले पार्टीभित्रको असहमति र आन्तरिक लोकतन्त्रलाई दबाउने संकेत गरेको भन्दै त्यसको विरोध गर्ने तयारी थालेको छ। अबको केही दिनभित्र देउवासँगको भेटवार्तामार्फत औपचारिक ज्ञापन बुझाइने बताइएको छ।

कांग्रेसभित्रको यो विवादले नेतृत्व र संगठनात्मक संरचना दुबैमा नयाँ बहस निम्त्याउने देखिन्छ।

Ask ChatGPT

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय