२०८२ श्रावण २२ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना | यू–२० महिला एशियन कप छनोट: आज भुटानविरुद्ध नेपालको सुरुआती भिडन्त | कुलिङ अफ पिरियड विवादमा गम्भीर मिलेमतोको निष्कर्ष | इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीमा नियुक्त, आठ मन्त्रीसहित सपथग्रहण | रामहरि खतिवडाको बयान: "त्रुटि त भयो, तर मबाट होइन" | ‘कुलिङ अफ पिरियड’ विवादबारे छानबिन विशेष समितिको प्रतिवेदन तयार | दुर्गा प्रसाईँको धरौटीमा रिहाइविरुद्ध सर्वोच्च जाने तयारीमा सरकार |

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दैछ। दिउँसो २ बजेका लागि बैठक बोलाइएको महानगर स्रोतले जानकारी दिएको छ। यो बैठक लामो समयपछि बस्न लागेको हो।

महानगरपालिकाको कार्यपालिका बैठक नियमित रूपमा नबसेको भन्दै विगतमा आलोचना हुँदै आएको थियो। यसैबीच, गत जेठ १२ गते महानगरका ४१ कार्यपालिका सदस्यले मेयर बालेन शाहलाई पत्र लेख्दै बैठक बोलाउन आग्रह गरेका थिए। त्यसको दुई महिनापछि कार्यपालिका बैठक बस्न लागेको हो।

आजको कार्यसूची अनुसार बिहान ११ बजे मेयर बालेन शाहको संयोजकत्वमा स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक हुनेछ। त्यसपछि उपप्रमुख सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ।

दिउँसोको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट नगर सभामा पेस गर्ने तयारी गरेको छ। त्यससँगै कार्यपालिकाले नगर सभाको मिति पनि तोक्ने छ।

नयाँ बजेट र कार्ययोजना सार्वजनिक हुने तयारीमा रहेको महानगरपालिकाको यो बैठक आगामी वर्षको योजना र प्राथमिकताको दिशानिर्देशक बन्ने अपेक्षा गरिएको छ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय