२०८२ श्रावण २३ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेले न्याय किन्दैछन्? २ करोडको बैंक जमानतले नयाँ बहस सुरु | कपिल शर्माको क्याफेमा फेरि गोली प्रहार, लरेन्स बिश्नोई गिरोहले लियो जिम्मेवारी | उत्तरकाशीको बाढीले उडायो रोजगारीको सपना, १३ नेपालीहरू सम्पर्कविहीन | क्यानडा जान लागेका गायक खेम सेन्चुरी विमानस्थलमै बिरामी | माओवादी नेताका छोराछोरी सरकारी स्कुलमै पढ्नुपर्छ: प्रचण्ड | जसलाई नायक बनाउन खोजिएको थियो, उनी आफै भए खलनायक | सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना |

नेकपा (एमाले) नेतृ तथा राष्ट्रिय सभाका सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन्। नियुक्तिसँगै उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछिन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “संविधानको धारा ७६ को उपधारा (९) बमोजिम राष्ट्रपति पौडेलले भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री तोक्नुभएको छ।”

यसअघि मन्त्री पदमा रहेका राजकुमार गुप्ताले घुस मागेको अडियो सार्वजनिक भएपछि मंगलबार नै राजीनामा दिएका थिए। अडियो प्रकरणले सार्वजनिक चासो बढेसँगै उनले पदत्याग गरेका हुन्।

नव नियुक्त मन्त्री न्यौपाने नेकपा (एमाले) का स्थायी समिति सदस्य तथा राष्ट्रिय सभामा अनुभवसम्पन्न नेतृको रूपमा चिनिन्छिन्। नयाँ जिम्मेवारीसँगै संघीयता कार्यान्वयन र प्रशासनिक सुधारमा उनले कस्तो भूमिका खेल्छिन् भन्ने चासो राजनीतिक वृत्तमा बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय