२०८२ श्रावण २३ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेले न्याय किन्दैछन्? २ करोडको बैंक जमानतले नयाँ बहस सुरु | कपिल शर्माको क्याफेमा फेरि गोली प्रहार, लरेन्स बिश्नोई गिरोहले लियो जिम्मेवारी | उत्तरकाशीको बाढीले उडायो रोजगारीको सपना, १३ नेपालीहरू सम्पर्कविहीन | क्यानडा जान लागेका गायक खेम सेन्चुरी विमानस्थलमै बिरामी | माओवादी नेताका छोराछोरी सरकारी स्कुलमै पढ्नुपर्छ: प्रचण्ड | जसलाई नायक बनाउन खोजिएको थियो, उनी आफै भए खलनायक | सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना |

सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेले आफ्नो भागको बिगो बराबर २ करोड ७४ लाख रुपैयाँको बैंक जमानत अदालतमा बुझाएका छन्। यो कदमसँगै नयाँ बहस सुरु भएको छ के अब लामिछाने अदालत–अदालत चहारेर पैसाको भरमा छुट्न खोज्दैछन्?

यसअघि जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो तर उच्च अदालत र सर्वोच्च दुवैले उनलाई थुनामै राख्न आदेश गरेका थिए। त्यसपछि लामिछानेले चौथो प्रयास गर्दै बैंक जमानत बुझाएर पुनः रिहा माग गरेका हुन्।

मुलुकी फौजदारी कार्यविधि संहिताले जमानतमा रिहा हुन पाइने व्यवस्था गरेको भए पनि त्यसको प्रयोग समय, प्रसंग र व्यक्तिको भूमिकासँग जोडिने गर्छ। लामिछानेले अदालतमा बुझाएको बैंक ग्यारेन्टी कानुनी रूपमा ठिक भए पनि यसको राजनीतिक सन्देश भने गम्भीर र सन्देहास्पद देखिन्छ।

रास्वपाका लागि यो मुद्दा केवल कानुनी मात्र होइन, राजनीतिक अस्तित्वसँग पनि जोडिएको छ। जनप्रियताको भरमा सत्ता पुगेका लामिछाने अहिले आफ्नो छवि जोगाउने युद्ध लडिरहेका देखिन्छन्। आलोचकहरू भन्छन्—जमानत बुझाएर छुट्ने प्रयास राजनीतिक क्लिन चिट खोज्ने चाल हो।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय