
गायक खेम सेन्चुरी क्यानडाको सांगीतिक यात्रामा निस्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अचानक बिरामी परेपछि अस्पताल भर्ना भएका छन्।
दिल्ली हुँदै क्यानडा जान लागेका सेन्चुरीको पेटमा गम्भीर समस्या देखिएपछि उनलाई सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको हो। उनीसँगै रहेका निकट सहयोगी शम्भु कुँवरले सामाजिक सञ्जालमार्फत सेन्चुरीको स्वास्थ्य अवस्था सार्वजनिक गरेका छन्।
गायक सेन्चुरीले क्यानडाको “हिमालयन मेला” सहित इजरायल र अस्ट्रेलियामा आयोजना हुने विभिन्न सांगीतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरेका थिए। तर अहिलेको स्वास्थ्य अवस्थाका कारण अगस्ट ९ मा क्यानडामा आयोजना हुने कार्यक्रममा भने उपस्थित नहुने जनाइएको छ।
शम्भु कुँवरका अनुसार, सेन्चुरीको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदैछ र चिकित्सकको परामर्शमा बाँकी देशका कार्यक्रमहरूमा सहभागी गराउने तयारी भइरहेको छ।
धेरैपछाडि मात्रै विदेश यात्रा थालेका सेन्चुरी पछिल्लो समय नेपालभित्र र बाहिर पनि निकै लोकप्रिय छन्, उनका गीतहरू विशेषगरी युवामाझ निकै रुचाइन्छ।
World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.