२०८२ श्रावण २३ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेले न्याय किन्दैछन्? २ करोडको बैंक जमानतले नयाँ बहस सुरु | कपिल शर्माको क्याफेमा फेरि गोली प्रहार, लरेन्स बिश्नोई गिरोहले लियो जिम्मेवारी | उत्तरकाशीको बाढीले उडायो रोजगारीको सपना, १३ नेपालीहरू सम्पर्कविहीन | क्यानडा जान लागेका गायक खेम सेन्चुरी विमानस्थलमै बिरामी | माओवादी नेताका छोराछोरी सरकारी स्कुलमै पढ्नुपर्छ: प्रचण्ड | जसलाई नायक बनाउन खोजिएको थियो, उनी आफै भए खलनायक | सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना |

काठमाडौं — सरकारका प्रवक्ता तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पृथ्वीसुव्वा गुरुङले भ्रष्टाचारमा संलग्न जोकोहीमाथि कारबाही हुने स्पष्ट पारेका छन्। बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले सरकार भ्रष्टाचारका मुद्दामा गम्भीर रहेको धारणा राखे।

प्रवक्ता गुरुङले मन्त्रीसमेत भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए कानूनअनुसार कारबाही हुने बताए। “नैतिकताको विषय उठेपछि सामान्य प्रशासन मन्त्रीले राजीनामा दिइसक्नुभएको छ,” उनले भने, “अब सरकार तथ्य र प्रमाणका आधारमा अघि बढ्छ। भ्रष्टाचारमा आँखा चिम्लिएर बस्दैन।”

त्यस्तै, उनले भिजिट भिसामा स्पेन गएका तर नफर्किएका नेपाली नागरिकबारे सरकार अनुसन्धानमा लागेको जानकारी दिए।

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरू सार्वजनिक गर्दै गुरुङले जापान सरकारबाट नागढुंगा सुरुङमार्ग निर्माण परियोजनाका लागि ५ अर्ब ७० करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरिएको जानकारी दिए।

साथै, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्षमा डा. खगराज शर्मा नियुक्त गरिएको छ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यविधि पनि चार महिनाका लागि थप गरिएको छ।

सैन्य क्षेत्रका निर्णयबारे जानकारी दिँदै उनले नेपाली सेनाका एक प्रमुख सेनानीलाई महासेनानीमा, एक महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने र १९ जना सहायक सेनानीको सरुवा गर्ने निर्णय गरिएको जानकारी गराए।

यस्तो छ मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरू मन्तिपरी:

निर्णयहरू

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय