२०८२ श्रावण २४ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेले न्याय किन्दैछन्? २ करोडको बैंक जमानतले नयाँ बहस सुरु | कपिल शर्माको क्याफेमा फेरि गोली प्रहार, लरेन्स बिश्नोई गिरोहले लियो जिम्मेवारी | उत्तरकाशीको बाढीले उडायो रोजगारीको सपना, १३ नेपालीहरू सम्पर्कविहीन | क्यानडा जान लागेका गायक खेम सेन्चुरी विमानस्थलमै बिरामी | माओवादी नेताका छोराछोरी सरकारी स्कुलमै पढ्नुपर्छ: प्रचण्ड | जसलाई नायक बनाउन खोजिएको थियो, उनी आफै भए खलनायक | सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना |

देशभर लगातार भइरहेको वर्षासँगै बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) को सम्भावित बाढीबारे चेतावनी जारी गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार आज बिहानको मापनअनुसार कोसीका सहायक नदीहरू तमोर र कन्काईको जलसतह सतर्कता सीमामा पुगेको छ। नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरू अहिले सतर्कता तहभन्दा तल छन्, तर ती नदीहरूको जलस्तर आजको दिनभरमा उल्लेख्य रूपमा बढ्न सक्ने देखिएको छ।

बाढीको सम्भावित जोखिमका आधारमा महाशाखाले देशभर ५१ जिल्लालाई पहेँलो रङको चेतावनी  जारी गरेको छ। ती जिल्लामा साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने मध्यम जोखिम रहेको बताइएको छ।

मध्यम जोखिममा रहेका प्रमुख जिल्लाहरूमा पूर्वका इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, खोटाङ, ओखलढुंगा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुली, रामेछाप, भोजपुर र सोलुखुम्बु पर्छन्।

यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका कास्की, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, गोरखा, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, जाजरकोट, कालिकोट, डोटी, बाजुरा, अछाम, बझाङ, जुम्ला, बैतडी, डडेल्धुरा, सल्यान, सुर्खेत र दैलेख जिल्लामा पनि ससाना नदीहरूको बहाब उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको जनाइएको छ।

महाशाखाले नदी किनार र बाढी प्रभावित सम्भावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन, नदी किनार आसपास नजान, आवश्यक तयारीमा रहन र सूचनाको पालना गर्न अनुरोध गरेको छ।

सरकारका सम्बन्धित निकाय र स्थानीय तहलाई पनि आकस्मिक अवस्था सामना गर्न तयारी अवस्थामा रहन आग्रह गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय