२०८२ श्रावण २४ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेले न्याय किन्दैछन्? २ करोडको बैंक जमानतले नयाँ बहस सुरु | कपिल शर्माको क्याफेमा फेरि गोली प्रहार, लरेन्स बिश्नोई गिरोहले लियो जिम्मेवारी | उत्तरकाशीको बाढीले उडायो रोजगारीको सपना, १३ नेपालीहरू सम्पर्कविहीन | क्यानडा जान लागेका गायक खेम सेन्चुरी विमानस्थलमै बिरामी | माओवादी नेताका छोराछोरी सरकारी स्कुलमै पढ्नुपर्छ: प्रचण्ड | जसलाई नायक बनाउन खोजिएको थियो, उनी आफै भए खलनायक | सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना |

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण हाललाई ‘पेन्डिङ’ अवस्थामा राखिएको जनाएको छ। दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकपछि निर्णयहरू सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख प्रकाश गौतमले पार्टी विधानको धारा ८ र ९ को प्रभावले सदस्यता नवीकरण स्थगित गरिएको जानकारी दिएका हुन्।

गौतमले भने, “नवीकरण पेन्डिङ अवस्थामा छ, किनभने पार्टी विधानको धारा ८ र ९ आर्कषित भयो भने नवीकरण जहाँ छ, त्यही स्थगित भएको भन्ने बुझिन्छ। पार्टीले उक्त धाराहरूको व्याख्या गरेपछि निर्णय लिनेछ।”

बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीबाहेक ६८ जना नेताले धारणा राखेका थिए। गौतमका अनुसार, धेरैजसो नेताहरूले पूर्वराष्ट्रपति जस्तो व्यक्तित्व, जसले राष्ट्रको सर्वोच्च राजकीय जिम्मेवारी तथा सेनाको परमाधिपतिको भूमिका निर्वाह गरिसकेकी छन्, उहाँको पार्टी राजनीतिमा प्रत्यक्ष पुनः प्रवेश गम्भीर विषय हुने धारणा व्यक्त गरेका थिए।

“उहाँलाई अहिले नै अध्यक्ष बनाएर अघि बढ्ने भन्ने विषय सहज छैन,” गौतमले स्पष्ट पारे, “तर पार्टीले यसबारेमा गम्भीर छलफल गरेर उचित समयमा निर्णय गर्नेछ।”

यसैबीच, पोलिटब्युरो बैठकले संगठनात्मक सुदृढीकरणतर्फ कदम चाल्दै जिल्ला कमिटीहरूलाई कार्यकारी बनाउने निर्णय गरेको छ।

“जिल्ला कमिटीलाई समन्वय कमिटी बनाउने कि कार्यकारी बनाउने भन्ने छलफलपछि अन्ततः कार्यकारी बनाउने निष्कर्ष निकालिएको हो,” गौतमले भने, “प्रदेश र स्थानीय तहका कमिटीहरू पनि कार्यकारी रहने निर्णय भएको छ।”

एमालेको पछिल्लो निर्णयले पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन सम्भावनालाई पेचिलो बनाइरहेको छ भने संगठन संरचनामा लचिलोपनको सट्टा कार्यकारी क्षमता बलियो बनाउनेतर्फ पार्टी केन्द्रित देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय