२०८२ श्रावण २१ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना | यू–२० महिला एशियन कप छनोट: आज भुटानविरुद्ध नेपालको सुरुआती भिडन्त | कुलिङ अफ पिरियड विवादमा गम्भीर मिलेमतोको निष्कर्ष | इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीमा नियुक्त, आठ मन्त्रीसहित सपथग्रहण | रामहरि खतिवडाको बयान: "त्रुटि त भयो, तर मबाट होइन" | ‘कुलिङ अफ पिरियड’ विवादबारे छानबिन विशेष समितिको प्रतिवेदन तयार | दुर्गा प्रसाईँको धरौटीमा रिहाइविरुद्ध सर्वोच्च जाने तयारीमा सरकार |

सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी कम्प्याक्टअन्तर्गत काम गर्ने कम्पनीहरूलाई आयकरमा छुट दिने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र एमसीसीबीच भएको पूर्वसम्झौता अनुसार आयकर छुट दिने निर्णय लिएको हो।

यस निर्णयसँगै अब एमसीसी परियोजनामा संलग्न ठेक्कापट्टा कम्पनीहरूलाई आयकर तिर्नुपर्ने छैन, जसले परियोजनाको कार्यान्वयनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

त्यस्तै, सरकारले अत्यावश्यक सेवा क्षेत्रमा कुनै पनि प्रकारको बन्द, हड्ताल वा अवरोधकारी गतिविधि निषेध गर्ने निर्णय पनि गरेको छ। सार्वजनिक हितको रक्षा र जनसेवा अबरुद्ध नहोस् भन्ने उद्देश्यसहित मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो।

अबदेखि स्वास्थ्य, सुरक्षा, विद्युत, खानेपानी, सञ्चार, यातायातजस्ता अत्यावश्यक सेवामा हड्ताल, काम रोक्का, सेवा बहिष्कार, घेराबन्दी लगायतका गतिविधि कानुनी रूपमा निषेधित हुनेछन्। सरकारले यस्ता सेवाको अबिच्छिन्न सञ्चालन सुनिश्चित गर्न आवश्यक कानुनी प्रबन्ध गर्ने तयारी पनि गरेको छ।

यस कदमले सार्वजनिक सेवाको सुदृढीकरण हुने सरकारी दाबी छ भने, श्रमिक पक्षबाट भने यसबारे मिश्रित प्रतिक्रिया आउन सक्ने अनुमान गरिएको छ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय