२०८२ श्रावण २० | [email protected] | Nepali Unicode|Preeti to Unicode

लगातार तीन दिनको गिरावटपछि सोमबार सेयर बजारमा सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ८.६२ अंकले बढ्दै २८६७ अंकमा पुगेको छ।

गत मंगलबार ३००२ अंकमा पुगेको नेप्से त्यसयता लगातार घट्दै आइतबार २८५८ अंकमा झरेको थियो। सोमबारको कारोबार अवधिभर बजारमा केही उतारचढाव देखिए पनि समग्रमा सकारात्मक दिशा लिएको हो। दिउँसो १:१२ बजे बजार २८३३ अंकसम्म घटेको थियो भने २:३४ बजे २८८९ अंकको उच्च विन्दु छोएको थियो।

यद्यपि सूचक बढे पनि आज कारोबार रकम घटेको देखिएको छ। अघिल्लो दिन १३ अर्ब ७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार १० अर्ब ८२ करोड रुपैयाँमा सीमित भयो।

सोमबार १४० कम्पनीको मूल्य बढ्दा ११० कम्पनीको मूल्य घटेको छ। बैंकिङ (०.६८%), जीवन बीमा (०.४३%) र माइक्रोफाइनान्स (०.५६%) समूहमा सकारात्मक सुधार देखिएको छ। त्यस्तै हाइड्रोपावर, होटल तथा पर्यटन, र अन्य समूह पनि थोरै प्रतिशतले बढेका छन्।

अर्कोतर्फ, फाइनान्स (०.८२%), निर्जीवन बीमा (०.५३%), उत्पादन तथा प्रशोधन (०.२१%) लगायत केही समूहमा गिरावट आएको छ।

सिक्लेस हाइड्रोपावर (५.७३%), स्वेतगंगा हाइड्रोपावर (५.१२%), विन्ध्यबासिनी हाइड्रोपावर (४.७२%) र माछापुच्छ्रे बैंक (४.५१%) को मूल्य उल्लेख्य रूपमा बढेको छ।

विपरीत, अघिल्लो दिन १० प्रतिशतले बढेको ट्रेड टावर आज सोही अनुपातमा घटेको छ। थ्रीस्टार हाइड्रोपावर, नेपाल फाइनान्स र सप्तकोशी विकास बैंकको मूल्य पनि ३ प्रतिशतभन्दा बढीले घटेको छ।

अधिक कारोबार भएका शीर्ष पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप पावर र नेपाल पुनर्बीमा रहेका छन्।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय