२०८२ श्रावण २१ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना | यू–२० महिला एशियन कप छनोट: आज भुटानविरुद्ध नेपालको सुरुआती भिडन्त | कुलिङ अफ पिरियड विवादमा गम्भीर मिलेमतोको निष्कर्ष | इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीमा नियुक्त, आठ मन्त्रीसहित सपथग्रहण | रामहरि खतिवडाको बयान: "त्रुटि त भयो, तर मबाट होइन" | ‘कुलिङ अफ पिरियड’ विवादबारे छानबिन विशेष समितिको प्रतिवेदन तयार | दुर्गा प्रसाईँको धरौटीमा रिहाइविरुद्ध सर्वोच्च जाने तयारीमा सरकार |

संघीय निजामती सेवा विधेयक, २०८० मा ‘कुलिङ अफ पिरियड’सम्बन्धी त्रुटि भएको भन्दै उठेको विवादमा छानबिन गर्न गठित अध्ययन तथा विशेष समितिले आफ्नो प्रतिवेदन अन्तिम चरणमा पुर्‍याएको छ।

रातभर सिंहदरबारमा बैठक बसेर अन्तिम मस्यौदा तयार गरेको समितिले आजको प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेस गर्ने निर्णय गरेको छ। समितिका सदस्य माधव सापकोटाका अनुसार २९ दिनको अवधिमा ३७ वटा बैठक बसेर प्रतिवेदन तयार पारिएको हो।

प्रतिवेदन तयार पार्ने क्रममा समितिले विशेषज्ञहरूसँग परामर्श गरेको थियो र भविष्यमा यस्ता त्रुटि नदोहरिउन् भन्ने उद्देश्यले सुधारात्मक सिफारिसहरूसमेत समेटिएको जनाइएको छ।

समितिमा विधेयक निर्माण प्रक्रियामा देखिएका कमजोरीको अध्ययन गर्न विभिन्न सरोकारवालासँग छलफल गरिएको थियो। त्रुटिको स्रोत पहिचान गर्दै पारदर्शी विधायन प्रक्रियाका लागि संरचनागत सुधार आवश्यक रहेको प्रतिवेदनले औंल्याउने अपेक्षा गरिएको छ।

प्रतिनिधि सभाले गत असार २३ गते उच्चस्तरीय अध्ययन तथा छानबिन विशेष समिति गठन गरेको थियो। समितिमा नेपाली काँग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा (एमाले) बाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य रहेका छन्।

अब संसदमा प्रतिवेदन पेस भएपछि त्यसको सिफारिसलाई कत्तिको कार्यान्वयन गरिन्छ भन्नेतर्फ सबैको ध्यान केन्द्रित हुने छ। विधेयकमा देखिएको त्रुटिले लामो समय बहस चर्किएको थियो। समितिको निष्कर्षले अब त्यसमा स्पष्टता ल्याउने विश्वास गरिएको छ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय