२०८२ श्रावण २३ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेले न्याय किन्दैछन्? २ करोडको बैंक जमानतले नयाँ बहस सुरु | कपिल शर्माको क्याफेमा फेरि गोली प्रहार, लरेन्स बिश्नोई गिरोहले लियो जिम्मेवारी | उत्तरकाशीको बाढीले उडायो रोजगारीको सपना, १३ नेपालीहरू सम्पर्कविहीन | क्यानडा जान लागेका गायक खेम सेन्चुरी विमानस्थलमै बिरामी | माओवादी नेताका छोराछोरी सरकारी स्कुलमै पढ्नुपर्छ: प्रचण्ड | जसलाई नायक बनाउन खोजिएको थियो, उनी आफै भए खलनायक | सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना |

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पार्टी नेताहरूका छोराछोरीलाई विदेश पढ्न नपठाउने र सार्वजनिक विद्यालयमै अध्ययन गराउने निर्णयतर्फ पार्टी अघि बढिरहेको बताएका छन्।

बुधबार अखिल (क्रान्तिकारी)ले काठमाडौंमा आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो धारणा राखेका हुन्। उनले आफ्ना सन्तानले पनि विदेशमा पढाइ नगरेको उल्लेख गर्दै पार्टीका सबै नेताहरूले पनि अब त्यही नीति पालना गर्नुपर्ने बताए।

प्रचण्डले भने, “अहिले हाम्रो पार्टी केन्द्रमा छलफल भइरहेको छ कि सबै नेताहरूले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालय वा त्यस्तै संस्थाहरूमा मात्र पढाउने। विदेश नपठाउने निर्णयतर्फ हामी गइरहेका छौं।”

उनले देशको शैक्षिक प्रणालीमा सुधार ल्याउन नेताहरूले व्यवहारिक उदाहरण प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याए।

यही सन्दर्भमा उनले विश्वविद्यालयमा विगतमा आफूले मेरिटोक्रेसी कायम गर्न खोजेको तर अहिले कांग्रेस र एमालेले विश्वविद्यालयलाई ‘भर्ती केन्द्र’ बनाएको आरोप पनि लगाए।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय