२०८२ श्रावण २३ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेले न्याय किन्दैछन्? २ करोडको बैंक जमानतले नयाँ बहस सुरु | कपिल शर्माको क्याफेमा फेरि गोली प्रहार, लरेन्स बिश्नोई गिरोहले लियो जिम्मेवारी | उत्तरकाशीको बाढीले उडायो रोजगारीको सपना, १३ नेपालीहरू सम्पर्कविहीन | क्यानडा जान लागेका गायक खेम सेन्चुरी विमानस्थलमै बिरामी | माओवादी नेताका छोराछोरी सरकारी स्कुलमै पढ्नुपर्छ: प्रचण्ड | जसलाई नायक बनाउन खोजिएको थियो, उनी आफै भए खलनायक | सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना |

भारतका चर्चित हास्य कलाकार कपिल शर्माको क्यानडाको सरे सहरस्थित क्याप्स क्याफेमा पुनः गोली प्रहार भएको छ। घटनाको जिम्मेवारी कुख्यात ‘गोल्डी ढिल्लन’ समूहले लिएको छ। यो क्याफेमा भएको यो दोस्रो आक्रमण हो, जसले कलाकारको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा केही व्यक्तिहरू कारभित्रैबाट क्याफेतर्फ गोली हानिरहेको देखिन्छ। घटनामा हालसम्म कुनै मानवीय क्षति भएको जानकारी आएको छैन भने स्थानीय प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ।

गोल्डी ढिल्लनले सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै आफू र लरेन्स बिश्नोई गिरोहले यस आक्रमणको जिम्मेवारी लिएको बताएका छन्। “सबै दाजुभाइलाई राम राम… गोल्डी ढिल्लन र लरेन्स बिश्नोई गिरोहले आज सरेको कपिल शर्माको क्याप्स क्याफेमा भएको गोलीबारीको जिम्मेवारी लिन्छ,” पोस्टमा उल्लेख गरिएको छ।

यसअघि पनि जुलाई १० मा सोही क्याफेमाथि गोली प्रहार भएको थियो, जसको जिम्मेवारी खालिस्तानी आतंककारी हरजित सिंह लड्डीले लिएका थिए। उनले कपिल शर्माको पुरानो अभिव्यक्तिलाई लिएर आक्रमण गरिएको बताएका थिए। लड्डी भारतको राष्ट्रिय अनुसन्धान निकाय (NIA) को मोस्ट वान्टेड सूचीमा परेका एक आतंककारी हुन् र बब्बर खालसा इन्टरनेसनल (BKI) सँग सम्बन्धित मानिन्छन्।

हालसम्म कपिल शर्माले घटनाबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। तर सरे प्रहरी विभागले घटनालाई गम्भीर रूपमा लिँदै सुरक्षा कडाइ गरिएको जनाएको छ। कलाकारहरूमाथि यस्ता श्रृंखलाबद्ध आक्रमणले प्रवासी भारतीय समुदायमा पनि डर र चिन्ता थपिएको छ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय