
साउन महिनाको अन्तिम सोमबारको अवसरमा आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथ मन्दिरमा भक्तजनको घुँइचो लागेको छ।
बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खुल्दै भक्तजनले शिव–पार्वतीको दर्शन गरेका छन्।
हिन्दु धर्मावलम्बीले साउने सोमबार उपवास बसी भगवान् शिवको पूजाआराधना गर्ने परम्परा अनुसार आज देशभरका शिवालयमा विशेष भीड देखिएको छ। विश्वास अनुसार, विधिपूर्वक पूजा गर्दा परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ।
पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर महादेव, नागेश्वर मन्दिर, सानो पशुपतिनाथ मन्दिरलगायतका शिवालयमा पनि बिहानैदेखि लामो लाइन देखिएको छ। देशका अन्य शिव मन्दिरहरूमा समेत भक्तजनको ठूलो उपस्थिती रहेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।