
नेपाल विद्युत् प्राधिकरणले भारतलाई थप २०० मेगावाट विद्युत् निर्यात गर्ने अनुमति पाएको छ। भारत सरकारले नेपालका पाँच जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली खरिदका लागि स्वीकृति दिएको हो।
यसअघि भारतलाई ८१०.९ मेगावाट विद्युत् निर्यातको अनुमति प्राप्त थियो। नयाँ स्वीकृतिसँगै कुल क्षमता १,०१०.९ मेगावाट पुगेको छ। बंगलादेशलाई हुने ४० मेगावाटसहित नेपालको कुल निर्यात क्षमता १,०५०.९ मेगावाट भएको छ।
थप २०० मेगावाट विद्युत् यही साउन २६ गतेदेखि कात्तिक १४ गतेसम्म भारत निर्यात हुनेछ। यस अन्तर्गत लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठूलो खोला, सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादन भएको बिजुली पर्नेछ।
आर्थिक वर्ष २०८१/८२ मा नेपालले १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको थियो। प्राधिकरणका अनुसार नयाँ अनुमति र आगामी स्वीकृतिहरूले यो वर्ष निर्यात दोब्बर हुने सम्भावना छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।