२०८२ श्रावण २८ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
राप्रपा युवासंघको अधिवेशन स्थलमा हातहाल, कार्यक्रम स्थगित | सुनसरीमा सेफ्टी ट्याङ्कीभित्र ठेकेदार र कामदार मृत फेला | संसदलाई ‘कन्टेन्ट उत्पादन गर्ने थलो’ बनाउने दुष्प्रयास भइरहेको छ: प्रधानमन्त्री ओली | रवि लामिछाने प्रकरणमा प्रतिशोधको भाष्य गलत: प्रधानमन्त्री ओली | अलास्कामा हुने ऐतिहासिक बैठक अघि ट्रम्प–जेलिन्स्की बीच श्रव्यदृश्य वार्ता | दोस्रो टी–२०मा दक्षिण अफ्रिकाको शानदार जीत, अष्ट्रेलिया ५३ रनले पराजित | नेपालले भारतलाई थप २०० मेगावाट विद्युत् निर्यात गर्ने | प्रतिनिधिसभाको बैठक आज, विभिन्न मन्त्रालयसँग मौखिक प्रश्नोत्तर हुने | देशभर मनसुन सक्रिय, धेरै स्थानमा भारी वर्षाको सम्भावना | चन्दा अस्वीकार गर्दा नेकपा (बहुमत) को कार्यकर्ताबाट सरकारी कार्यालय प्रमुखमाथि आक्रमण र धम्की |

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन्। दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जनाएका छन्।

नेपाली कांग्रेस र नेकपा एमालेका ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा २० साउनमा मुख्यमन्त्री नियुक्त भएका बानियाँले संविधानको धारा १६८(४) र प्रदेशसभा नियमावली २०७४ को नियम १४३(१) अनुसार विश्वासको मत लिने प्रस्ताव अघि बढाएका हुन्। मुख्यमन्त्रीले नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

यसैबीच, सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदलाई ह्वीप जारी गरेका छन्। कांग्रेस संसदीय दलका सदस्य सचिव मीनकृष्ण महर्जन र एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले संयुक्त रूपमा जारी गरेको सूचनामा आजको बैठकमा अनिवार्य उपस्थित भई बानियाँलाई विश्वासको मत दिन निर्देशन दिएका छन्।

आजको प्रदेशसभा बैठक नयाँ भवनमा हुँदैछ। प्रदेशसभा सचिवालयको भवन निर्माण कार्य सम्पन्न भई हस्तान्तरण भइसकेकाले आजदेखि बैठक त्यहीँबाट सञ्चालन हुने भएको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय