२०८२ श्रावण २८ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
राप्रपा युवासंघको अधिवेशन स्थलमा हातहाल, कार्यक्रम स्थगित | सुनसरीमा सेफ्टी ट्याङ्कीभित्र ठेकेदार र कामदार मृत फेला | संसदलाई ‘कन्टेन्ट उत्पादन गर्ने थलो’ बनाउने दुष्प्रयास भइरहेको छ: प्रधानमन्त्री ओली | रवि लामिछाने प्रकरणमा प्रतिशोधको भाष्य गलत: प्रधानमन्त्री ओली | अलास्कामा हुने ऐतिहासिक बैठक अघि ट्रम्प–जेलिन्स्की बीच श्रव्यदृश्य वार्ता | दोस्रो टी–२०मा दक्षिण अफ्रिकाको शानदार जीत, अष्ट्रेलिया ५३ रनले पराजित | नेपालले भारतलाई थप २०० मेगावाट विद्युत् निर्यात गर्ने | प्रतिनिधिसभाको बैठक आज, विभिन्न मन्त्रालयसँग मौखिक प्रश्नोत्तर हुने | देशभर मनसुन सक्रिय, धेरै स्थानमा भारी वर्षाको सम्भावना | चन्दा अस्वीकार गर्दा नेकपा (बहुमत) को कार्यकर्ताबाट सरकारी कार्यालय प्रमुखमाथि आक्रमण र धम्की |

कुलिङ अफ पिरियड सम्बन्धी गडबडीमा प्रत्यक्ष जिम्मेवार ठहर गरिएका प्रतिनिधिसभा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिने तयारी गरेका छन्।

छानबिन विशेष समितिको प्रतिवेदनले खतिवडालाई समितिको काममा समन्वयको कमी र गम्भीर त्रुटिको मुख्य जिम्मेवार ठहर गरेको थियो। प्रतिवेदन अनुसार, सभापतिको हैसियतले मस्यौदा प्रतिवेदन समितिका सबै सदस्यसँग छलफल नगरी सीमित व्यक्तिहरूसँग मात्र अनौपचारिक बैठक गरेर २०८२ जेठ १३ मा प्रतिवेदन पठाइएको देखिएको छ। यसलाई सभापतिको ‘उत्तरदायीपूर्ण भूमिका नदेखिएको’ टिप्पणी गरिएको छ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्नका लागि खतिवडाले सभामुखसँग समय मागेका छन्। बैठक सुरू हुनु अघि उनले सभामुख देवराज घिमिरे र कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग भेट गरेका थिए।

छानबिन प्रतिवेदनले समितिका सचिव सुरजकुमार दुरालाई पनि जिम्मेवार ठहर गरेको छ। सचिवको हैसियतमा दुरा प्रारम्भदेखि नै प्रतिवेदन लेखन प्रक्रियामा संलग्न भए पनि आफ्नो परिभाषित जिम्मेवारी पूरा नगरेको प्रतिवेदनमा उल्लेख छ।

यसअघि प्रतिवेदनले अन्य कर्मचारीहरूको पदीय आचरणमा समेत प्रश्न उठाउँदै, सार्वजनिक रूपमा लबिइङ र समितिले पारित गरेको निर्णयको विपक्षमा देखिनु शोभनीय नभएको निष्कर्ष निकालेको थियो।

राजीनामा घोषणाबारे खतिवडाले मंगलबारको बैठकमै औपचारिक जानकारी दिने अनुमान गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय