२०८२ श्रावण २८ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
राप्रपा युवासंघको अधिवेशन स्थलमा हातहाल, कार्यक्रम स्थगित | सुनसरीमा सेफ्टी ट्याङ्कीभित्र ठेकेदार र कामदार मृत फेला | संसदलाई ‘कन्टेन्ट उत्पादन गर्ने थलो’ बनाउने दुष्प्रयास भइरहेको छ: प्रधानमन्त्री ओली | रवि लामिछाने प्रकरणमा प्रतिशोधको भाष्य गलत: प्रधानमन्त्री ओली | अलास्कामा हुने ऐतिहासिक बैठक अघि ट्रम्प–जेलिन्स्की बीच श्रव्यदृश्य वार्ता | दोस्रो टी–२०मा दक्षिण अफ्रिकाको शानदार जीत, अष्ट्रेलिया ५३ रनले पराजित | नेपालले भारतलाई थप २०० मेगावाट विद्युत् निर्यात गर्ने | प्रतिनिधिसभाको बैठक आज, विभिन्न मन्त्रालयसँग मौखिक प्रश्नोत्तर हुने | देशभर मनसुन सक्रिय, धेरै स्थानमा भारी वर्षाको सम्भावना | चन्दा अस्वीकार गर्दा नेकपा (बहुमत) को कार्यकर्ताबाट सरकारी कार्यालय प्रमुखमाथि आक्रमण र धम्की |

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले निजामती सेवा विधेयकको प्रतिवेदनमा देखिएको गम्भीर त्रुटिका कारण उठेका प्रश्नका बीच पद त्यागेको घोषणा गरेका हुन्। संसदीय छानबिन समितिले उक्त प्रतिवेदनमा गल्ती भएको निष्कर्ष निकालेपछि उनीमाथि नैतिक जिम्मेवारीको प्रश्न उठेको थियो।

खतिवडाले आफू सुरुदेखि सरकारी कर्मचारीका लागि ‘कुलिङ अफ पिरियड’ लागू हुनुपर्ने पक्षमा अडिग रहेको र भविष्यमा पनि त्यही धारणा कायम राख्ने बताएका छन्। उनले प्रतिवेदनमा हस्ताक्षर गरे पनि गल्ती समितिका सदस्य वा आफूबाट नभई, विधेयक तयार गर्ने क्रममा मन्त्रालयका कर्मचारीको लापरबाहीका कारण भएको दाबी गरे। अन्तिम रुपमा गहिरिएर नहेर्नु कमजोरी रहेको स्वीकार गर्दै उनले त्रुटि रोक्न प्रयास गरेको उल्लेख गरे।

उनले राष्ट्रिय सभामा पनि दुई वर्षको कुलिङ अफ पिरियड कायम राख्ने विश्वास व्यक्त गर्दै आफू गठबन्धनको नीति प्रतिको निष्ठामा अडिग रहेको बताए। साथै, आफू कूटिल राजनीतिको सिकार भएको आरोप लगाउँदै नगरेको गल्तीको बोझ बेहोर्नु परेको गुनासो गरे।

“प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग भएकाले म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्दछु,” खतिवडाले बैठकमा भने।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय