
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को बहसलाई राष्ट्रिय आवश्यकताबाट विषयान्तर गरी अर्थहीन विषयमा प्रयोग गर्ने दुष्प्रयास भइरहेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजनीति र नीतिमा देखिएको अस्थिरता अन्त्य गर्न अहिलेको सरकार बनेको बताए। तर, संसद् र सार्वजनिक बहसमा सकारात्मक कामबारे छलफलको साटो युवालाई गाली, निन्दा र आरोपमा भुलाउने प्रवृत्ति बढेको उनले उल्लेख गरे।
“सरकारले गरेको काममाथि प्रश्न उठोस् भन्ने चाहन्थेँ,” ओलीले भने, “तर अहिलेको बहसले देशमा केही गर्ने चाहना राख्ने वा युवालाई भरोसा दिने उद्देश्य राखेको छैन। बरु समाजलाई उत्तेजनामा ल्याउने नियत देखिन्छ।”
उनले सदनलाई सामाजिक सञ्जालका लागि सामग्री उत्पादन गर्ने थलो बनाउने कार्य अस्वीकार्य भएको भन्दै राष्ट्रिय प्राथमिकतामा केन्द्रित बहस आवश्यक रहेको जोड दिए।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।