२०८२ श्रावण २३ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेले न्याय किन्दैछन्? २ करोडको बैंक जमानतले नयाँ बहस सुरु | कपिल शर्माको क्याफेमा फेरि गोली प्रहार, लरेन्स बिश्नोई गिरोहले लियो जिम्मेवारी | उत्तरकाशीको बाढीले उडायो रोजगारीको सपना, १३ नेपालीहरू सम्पर्कविहीन | क्यानडा जान लागेका गायक खेम सेन्चुरी विमानस्थलमै बिरामी | माओवादी नेताका छोराछोरी सरकारी स्कुलमै पढ्नुपर्छ: प्रचण्ड | जसलाई नायक बनाउन खोजिएको थियो, उनी आफै भए खलनायक | सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना |

प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत गरेको विधेयकलाई बैठकले अनुमोदन गरेको हो।

विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका सांसदहरूको जिज्ञासाको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले राष्ट्रिय प्राथमिकताका आयोजनामा स्रोत परिचालन गर्न र सार्वजनिक पूर्वाधारमा विद्यमान लगानीको खाडल पूर्ति गर्न विधेयक ल्याइएको स्पष्ट पारे।

उनले परम्परागत वित्तीय स्रोतले धान्न नसक्ने ठूला आयोजनाहरूमा सार्वजनिक ऋणको बोझ बढ्दै गएको उल्लेख गर्दै वैकल्पिक वित्तको परिचालनले रोजगारी सृजनासँगै दिगो आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

“विकासको गति तीव्र बनाउन र पुँजी परिचालन गर्न वैकल्पिक वित्तको नीति आवश्यक थियो,” पौडेलले भने, “यो विधेयकले कानुनी आधार तयार गर्छ।”

सैद्धान्तिक छलफलमा सांसद वासुदेव घिमिरे, दामोदर पौडेल बैरागी, किरणकुमार साह, प्रतिमा गौतम, देवेन्द्र पौडेल, वर्षमान पुन, मेटमणि चौधरी, हितराज पाण्डे, ठाकुर गैरे, सराज अहमद फारुकी, बिमला सुवेदी, रञ्जुकुमारी झा, मैना कार्की र प्रेम सुवालले भाग लिएका थिए।

पानी जहाजसम्बन्धी विधेयकमाथि छलफल

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गरेका थिए।

सैद्धान्तिक छलफलमा सांसदहरू रामहरि खतिवडा, सीता मिजार, दुर्गा राई, रुपा सोशी चौधरी, ज्वालाकुमारी साहलगायतले भाग लिए। मन्त्री ज्वालाले विधेयकको औचित्य र नेपालमा जलमार्ग विकासको सम्भावनाबारे स्पष्ट पारे।

तर, सभामा गणपूरक संख्या नपुगेपछि यो विधेयक मंगलबार पारित हुन सकेन। अब यो विधेयक आगामी बैठकमा टुङ्ग्याइनेछ।

अर्को बैठक साउन ७ गते

प्रतिनिधिसभाको अर्को बैठक साउन ७ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय