२०८२ श्रावण २३ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेले न्याय किन्दैछन्? २ करोडको बैंक जमानतले नयाँ बहस सुरु | कपिल शर्माको क्याफेमा फेरि गोली प्रहार, लरेन्स बिश्नोई गिरोहले लियो जिम्मेवारी | उत्तरकाशीको बाढीले उडायो रोजगारीको सपना, १३ नेपालीहरू सम्पर्कविहीन | क्यानडा जान लागेका गायक खेम सेन्चुरी विमानस्थलमै बिरामी | माओवादी नेताका छोराछोरी सरकारी स्कुलमै पढ्नुपर्छ: प्रचण्ड | जसलाई नायक बनाउन खोजिएको थियो, उनी आफै भए खलनायक | सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना |

पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीले आफ्नो कार्यकालमा भएको संसद् विघटनको निर्णय कुनै दबाबमा नभइ संविधानअनुसार मन्त्रीपरिषद्को सिफारिसअनुसार कार्यान्वयन गरेको स्पष्ट पारेकी छन्।

मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले आफूले कार्यकारी निकायको सिफारिसमाथि हस्ताक्षर मात्रै गरेको बताइन्। “मन्त्रीपरिषद्बाट आएको निर्णय कार्यान्वयन गरेको हो, त्यसमा कुनै व्यक्तिगत दबाब थिएन,” उनले भनिन्।

उनले संसद् विघटनको विषयले अहिले पनि आफूलाई पछ्याइरहेको बताउँदै विगतका सन् २०१७, २०५१ सालका विघटनका घटनासमेत सम्झाइन्। “म राष्ट्रपति भएको बेला दुई पटक संसद् विघटन भएको छ। तर त्यो मैले संविधानअनुसार, स्थापित विधि पद्धतिअनुसार मात्रै गरेकी हुँ,” उनले भनिन्।

मदन भण्डारीको ७५ औं जन्मजयन्तीको तयारी

मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा फाउन्डेसनले मदन भण्डारीको ७५ औं जन्मजयन्ती मूल समारोह समिति गठन गरेको पनि जानकारी दिइयो। समितिको संयोजकमा डोरमणि पौडेललाई तोकिएको छ भने समितिमा कुल ७५ जना सदस्य रहने छन्।

फाउन्डेसनका अनुसार मदन भण्डारीको योगदानलाई राष्ट्रिय तहमा स्मरण गर्दै विविध कार्यक्रम आयोजना गरिनेछ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय