
सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले उनलाई घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।
साहलाई कल्याणपुरस्थित नगरपालिकाको कार्यालयमै एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको आयोगका एक कर्मचारीले जानकारी दिए। जानकारीअनुसार नगरप्रमुख साहले एक उपभोक्ता समितिलाई भुक्तानी दिने प्रक्रियामा घुस मागेका थिए। सोही रकम लिँदै गर्दा उनलाई आज दिउँसो पक्राउ गरिएको हो।
पक्राउपछि अख्तियारको टोलीले नगर कार्यपालिकाको कार्यालयमै उनलाई राखेर प्रारम्भिक सोधपुछ गरिरहेको छ। कानुनी प्रक्रिया (मुचुल्का) पुरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई आयोगको बर्दिबासस्थित कार्यालय लगिने तयारी भइरहेको छ।
घटनासँग सम्बन्धित थप विवरण सार्वजनिक गरिन बाँकी छ।
World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.