
चन्द्रागिरि नगरपालिकाको १६औं नगरसभाले आर्थिक वर्ष २०८२/८३ का लागि कूल दुई अर्ब ९३ करोड ४६ लाख रुपैयाँको बजेट पारित गरेको छ। नगरसभा अधिवेशनमा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
पारित बजेटमध्ये चालु खर्चतर्फ एक अर्ब २२ करोड ७८ लाख र पुँजीगत खर्चतर्फ एक अर्ब ७० करोड ६८ लाख रुपैयाँ विनियोजन गरिएको छ।
नगरप्रमुख घनश्याम गिरीले बजेट बहुमतबाट पारित भएको जानकारी दिँदै यसले नगरवासीका माग तथा अपेक्षाहरू समेट्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रस्तुत बजेट कार्यान्वयनमुखी र जनउत्तरदायी रहेको भन्दै नगरको समृद्धिका लागि सहमति, सहकार्य र एकताको खाँचो रहेको उल्लेख गर्नुभयो।
नगरप्रवक्ता खड्गीका अनुसार बजेटले पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, कृषि तथा रोजगारी सृजनामा विशेष प्राथमिकता दिएको छ। नगरपालिकाले विकासका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरी जनतालाई प्रत्यक्ष सेवा प्रवाहमा केन्द्रित हुने लक्ष्य राखेको छ।
World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.