
नेपाली कांग्रेसकी वरिष्ठ नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेकी छन्।
भण्डारीसँग खिचिएको पुरानो तस्बिर सार्वजनिक गर्दै कोइरालाले फेसबुकमार्फत एक सन्देश लेख्दै भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनले सम्पूर्ण नेपाली महिला नेतृत्व वर्गमा उत्साह थपिएको बताएकी छन्।
“पूर्वराष्ट्रपति श्री विद्यादेवी भण्डारीजीको ‘सक्रिय राजनीति’मा पुनरागमनले सम्पूर्ण नेपाली महिला नेतृत्व वर्गमा उत्साह प्रदान गरेको छ,” कोइरालाले लेखेकी छन्।
कोइरालाले भण्डारीलाई ‘सक्षम, इमान्दार र उच्च राजनीतिक संस्कारयुक्त व्यक्तित्व’का रूपमा चित्रण गर्दै उनको आगामी राजनीतिक यात्राका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन्।
“उहाँ एक सक्षम, इमान्दार र उच्च राजनीतिक संस्कार भएको व्यक्तित्व हुनुहुन्छ,” उनले लेखेकी छन्, “उहाँलाई आगामी राजनीतिक यात्राका लागि हार्दिक शुभकामना।”
पूर्वराष्ट्रपति भण्डारी हालै देखिएका केही सार्वजनिक गतिविधिहरूपछि राजनीतिक वृत्तमा उनको सक्रिय भूमिकाबारे चर्चाहरू बढेका छन्। नेता कोइरालाको यस्तो अभिव्यक्तिले भण्डारीको सम्भावित राजनीतिक पुनरागमनलाई थप पुष्टि गर्ने संकेत देखिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपालीhttps://nepali.worldinfo.news/news/author/editor
- वल्ड इन्फो नेपालीhttps://nepali.worldinfo.news/news/author/editor
- वल्ड इन्फो नेपालीhttps://nepali.worldinfo.news/news/author/editor
- वल्ड इन्फो नेपालीhttps://nepali.worldinfo.news/news/author/editor