२०८२ श्रावण २४ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेले न्याय किन्दैछन्? २ करोडको बैंक जमानतले नयाँ बहस सुरु | कपिल शर्माको क्याफेमा फेरि गोली प्रहार, लरेन्स बिश्नोई गिरोहले लियो जिम्मेवारी | उत्तरकाशीको बाढीले उडायो रोजगारीको सपना, १३ नेपालीहरू सम्पर्कविहीन | क्यानडा जान लागेका गायक खेम सेन्चुरी विमानस्थलमै बिरामी | माओवादी नेताका छोराछोरी सरकारी स्कुलमै पढ्नुपर्छ: प्रचण्ड | जसलाई नायक बनाउन खोजिएको थियो, उनी आफै भए खलनायक | सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना |

नेकपा एमालेले राजनीतिक सहकार्यको ढोका बन्द गरेपछि बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान अब नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने भएको छ।

आज राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरी दुई समूहबीच औपचारिक रुपमा एकता घोषणा गरिनेछ। कार्यक्रममा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, र अभियान संयोजक बामदेव गौतमले सम्बोधन गर्ने तयारी छ।

दुई समूहबीचको एकता प्रक्रिया यसअघि नै औपचारिक चरणमा पुगेको हो। नेताहरू नेपाल र गौतमले एकता सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन्।

बामदेव गौतमले एमालेसँग पुनःएकताको प्रयास असफल भएपछि ‘वामपन्थी एकता’ को उद्देश्यसहित छुट्टै अभियान थालेका थिए। तर पछिल्ला राजनीतिक समीकरणले उनको नेतृत्वमा रहेको अभियानलाई नेकपा एसमा गाभिनु नै उपयुक्त देखिएको हो।

नेताहरूका अनुसार आजको कार्यक्रममा आगामी संयुक्त कार्ययोजना र सांगठनिक पुनःसंरचनाबारे पनि सार्वजनिक घोषणा गरिनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय