२०८२ श्रावण २४ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेले न्याय किन्दैछन्? २ करोडको बैंक जमानतले नयाँ बहस सुरु | कपिल शर्माको क्याफेमा फेरि गोली प्रहार, लरेन्स बिश्नोई गिरोहले लियो जिम्मेवारी | उत्तरकाशीको बाढीले उडायो रोजगारीको सपना, १३ नेपालीहरू सम्पर्कविहीन | क्यानडा जान लागेका गायक खेम सेन्चुरी विमानस्थलमै बिरामी | माओवादी नेताका छोराछोरी सरकारी स्कुलमै पढ्नुपर्छ: प्रचण्ड | जसलाई नायक बनाउन खोजिएको थियो, उनी आफै भए खलनायक | सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना |

काठमाडौं, साउन ३ –
नेकपा (एमाले) को बिहीबार मध्यरातसम्म बसेको सचिवालय बैठकले पार्टीको संगठनात्मक संरचना र विधानमा महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले पदाधिकारीको संख्या १९ बाट घटाएर १५ बनाउने, ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमा हटाउने तथा सचिवालय समिति खारेज गर्ने निर्णय गरेको हो।

पार्टी उपाध्यक्ष गुरु बरालका अनुसार, अबदेखि एमालेमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी मात्रै रहनेछन्। सचिवालय समिति पार्टीको केन्द्रीय संरचनाबाट हटाइनेछ।

नयाँ संरचनाः पदाधिकारी १५, पोलिटब्युरो ८३ सदस्यीय

विधान संशोधन समितिका संयोजक उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रारम्भमा पदाधिकारी संख्या ११ मात्रै राख्ने प्रस्ताव गरेका थिए, तर छलफलपछि नेताहरूको रायअनुसार १५ जनामा सहमति जुटेको हो।

एक पदाधिकारीका अनुसार नयाँ पदाधिकारी संरचनामा अध्यक्ष, महासचिव, १ उपमहासचिव, ५ उपाध्यक्ष र ७ सचिव रहने प्रारम्भिक सहमति बनेको छ।

पौडेलले प्रस्ताव गरेको १९९ सदस्यीय केन्द्रीय कमिटीको सट्टा २५१ सदस्यीय बनाउने निर्णय भएको छ। त्यसमध्ये एकतिहाइ सदस्य पोलिटब्युरोमा रहने भएकाले पोलिटब्युरो ८३ सदस्यीय हुनेछ। हालको पोलिटब्युरोमा ९९ सदस्य छन्।

पार्टीका उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार, १५ पदाधिकारीलाई नै स्थायी कमिटी मान्ने निर्णय सर्वसम्मत बनेको छ।

प्रतिनिधि चयनको नियम यथावत्

बैठकमा महाधिवेशन प्रतिनिधि चयनबारे पनि लामो छलफल भएको थियो। निर्णयअनुसार वर्तमान केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन्। तर नयाँ थपिएका केन्द्रीय सदस्यहरू आयोजकको हैसियतमा मात्र सहभागी हुन पाउनेछन्।

अनुमोदनका लागि आज पोलिटब्युरो बैठक

सचिवालय बैठकले गरेका निर्णयहरूलाई आज दिउँसो १ बजे बस्ने पोलिटब्युरो बैठकले अनुमोदन गर्नेछ।
त्यसपछि साउन ५ गतेको केन्द्रीय कमिटी बैठकमा यी प्रस्तावहरू प्रस्तुत गरिनेछ।

एमालेको विधान महाधिवेशन भदौ २०, २१ र २२ गतेका लागि तोकिएको छ, जहाँ उक्त सबै संशोधन प्रस्तावहरू औपचारिक रूपमा पारित गरिनेछन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय