२०८२ श्रावण २८ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
राप्रपा युवासंघको अधिवेशन स्थलमा हातहाल, कार्यक्रम स्थगित | सुनसरीमा सेफ्टी ट्याङ्कीभित्र ठेकेदार र कामदार मृत फेला | संसदलाई ‘कन्टेन्ट उत्पादन गर्ने थलो’ बनाउने दुष्प्रयास भइरहेको छ: प्रधानमन्त्री ओली | रवि लामिछाने प्रकरणमा प्रतिशोधको भाष्य गलत: प्रधानमन्त्री ओली | अलास्कामा हुने ऐतिहासिक बैठक अघि ट्रम्प–जेलिन्स्की बीच श्रव्यदृश्य वार्ता | दोस्रो टी–२०मा दक्षिण अफ्रिकाको शानदार जीत, अष्ट्रेलिया ५३ रनले पराजित | नेपालले भारतलाई थप २०० मेगावाट विद्युत् निर्यात गर्ने | प्रतिनिधिसभाको बैठक आज, विभिन्न मन्त्रालयसँग मौखिक प्रश्नोत्तर हुने | देशभर मनसुन सक्रिय, धेरै स्थानमा भारी वर्षाको सम्भावना | चन्दा अस्वीकार गर्दा नेकपा (बहुमत) को कार्यकर्ताबाट सरकारी कार्यालय प्रमुखमाथि आक्रमण र धम्की |

गण्डकी प्रदेश सरकारले सात निर्देशनालय र दुई केन्द्र खारेज गर्दै १८५ कर्मचारी दरबन्दी घटाउने निर्णय गरेको छ। प्रदेशको खर्च कटौती र प्रशासनिक संरचना मितव्ययी बनाउन लक्ष्यसहित सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका अनुसार खारेज गरिएका निर्देशनालयका काम तथा सेवा अब मन्त्रालयका महाशाखाबाटै उपलब्ध गराइनेछन्, जसले सेवा प्रवाहमा कुनै असर नपर्ने दाबी गरिएको छ। साथै, जिल्लास्तरका ३२ निकायलाई गाभेर १७ मा सीमित गर्ने निर्णय पनि गरिएको छ।

खारेज भएका निर्देशनालयहरूमा पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपंछी तथा मत्स्य विकास निर्देशनालय, पूर्वाधार विकास निर्देशनालय, वन निर्देशनालय, शिक्षा विकास निर्देशनालय र प्रादेशिक स्वास्थ्य निर्देशनालय छन्।
त्यसैगरी, प्रादेशिक स्वास्थ्य तालिम केन्द्र र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पनि खारेज भएका छन्।

यो कदम प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिको प्रतिवेदनअनुसार उठाइएको हो। मुख्यमन्त्री पाण्डेले संरचनागत सुधार, चालु खर्च कटौती, छरितो प्रशासन र प्रभावकारी सेवा प्रवाहलाई यो निर्णयले सघाउने विश्वास व्यक्त गरे।

सरकारका अनुसार कटौती गरिएका १८५ दरबन्दीमध्ये ४१ जना अधिकृतस्तर, ९६ जना सहायकस्तर र ४८ जना श्रेणीविहीन कर्मचारी रहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय