२०८२ श्रावण २१ | [email protected] | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सप्तरीमा मदिरा तस्करी नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउँदै एक जनाको मृत्यु | प्रतिनिधिसभाको बैठक आज १ बजे : यस्तो छ सम्भावित कार्यसूची | ओली भारत जान आतुर, दिल्ली चुपचाप | कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना | यू–२० महिला एशियन कप छनोट: आज भुटानविरुद्ध नेपालको सुरुआती भिडन्त | कुलिङ अफ पिरियड विवादमा गम्भीर मिलेमतोको निष्कर्ष | इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीमा नियुक्त, आठ मन्त्रीसहित सपथग्रहण | रामहरि खतिवडाको बयान: "त्रुटि त भयो, तर मबाट होइन" | ‘कुलिङ अफ पिरियड’ विवादबारे छानबिन विशेष समितिको प्रतिवेदन तयार | दुर्गा प्रसाईँको धरौटीमा रिहाइविरुद्ध सर्वोच्च जाने तयारीमा सरकार |

कास्की प्रहरीले पोखराको लेकसाइडका तीन स्पा सेन्टरबाट ८ जना बालबालिकाको उद्धार गरेको छ ।

स्पा सेन्टरहरुबाट १८ वर्ष भन्दा मुनिका ८ जना बालिकाको उद्धार गरेको प्रहरीले जनाएको छ ।

स्पा सेन्टरमा बालबालिकाहरुलाई कममा लगाएको भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाको संयुक्त टोलीले लेकसाइड क्षेत्रका स्पा सेन्टरमा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा प्रहरीले पर्सल्यान स्पाबाट दुई, ताराहिल लज स्पा एण्ड ब्यूटी केयरबाट दुई तथा ईभेन्डर ब्यूटी एण्ड स्पाबाट चार जना बालिकाको उद्धार गरेको हो।

बाल श्रम ऐन, २०५६ विपरित जोखिम पूर्ण व्यवसायमा लगाएको पाइएकोले सो कार्यमा संलग्न स्पा सेन्टरहरुलाई आवश्यक कारबाहीको दायरामा ल्याएको प्रहरीको भनाई छ ।

उद्धार गरिएका बालिका र आवश्यक कारबाहीका लागि संलग्न स्पा सञ्चालकलाई श्रम तथा रोजगार कार्यालय, पोखरामा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय