२०८२ श्रावण २० | [email protected] | Nepali Unicode|Preeti to Unicode

लगातारको वर्षापछि नारायाघाट–बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर नजिकै खसेको पहिरोका कारण सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिएका छन्।

नेपालका अनुसार बिहानदेखि पानी परेर सडक चिप्लो भएका कारण गाडी एकतर्फी रूपमा सञ्चालन भइरहे पनि दिउँसोदेखि पहिरो खस्दा दुबै तर्फका सवारी आवागमन पूर्णरूपमा रोकिएको हो।

यो सडक खण्डमा पानी पर्दा गाडी चिप्लिने, र पहिरो खस्ने समस्या पटक–पटक देखिँदै आएको छ। अहिले बाटो अवरुद्ध भएपछि गाडीहरूको लामो जाम लागिएको छ, यात्रुहरू बीचमा अलपत्र परेका छन्।

प्रहरी र सडक डिभिजनको टोली पहिरो हटाउने प्रयासमा जुटेको छ। सडक खुल्न अझै केही समय लाग्ने अनुमान गरिएको छ। स्थानीय प्रशासनले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय